ओली सरकारमा को-को परे माओवादी मन्त्री ?

ओली सरकारमा को-को परे माओवादी मन्त्री ?


Mao Minister
काठमाडौं । पार्टीभित्रको चर्को प्रेसर थेग्दै एमाओवादी अध्यक्ष प्रचण्डले पार्टीका तर्फबाट ओली सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम चयन गरेका छन् । प्रचण्डका तर्फबाट एमाओवादीका महासचिव कृष्णबहादुर महराले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको नामावलीअनुसार एमाओवादीबाट पार्टीसचिव टोपबहादुर रायमाझीले सरकारमा नेतृत्व गर्नेछन् । उनलाई उपप्रधानमन्त्रीसहित उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । गृह मन्त्रालयको जिम्मा भने प्रचण्डका निकटस्थ युवा नेता शक्तिबहादुर बस्नेतलाई दिइएको छ । त्यस्तै, पार्टी सचिव गिरिराजमणि पोखरेललाई शिक्षा, अग्निप्रसाद सापकोटालाई वन तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कुनैबेला वाईसीएलको नेतेत्व गरेका गणेशमान पुनले वाणिज्य तथा आपूर्ति मन्त्रालय हाँक्ने दायित्व पाएका छन् । महिला नेतृ रेखा शर्मालाई सामान्य प्रशासन र मधेसी नेता उमेश यादवलाई सिँचाइ मन्त्रालयको कार्यभार सुम्पिएको छ । स्मरण रहोस्, यसअघि नै एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेललाई कृषि विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैबीच बहुजन समाजवादी पार्टीका विश्वेन्द्र पासवान र फोरम लोकतान्त्रिकका रामजनम चौधरीले आइतबार राष्ट्रपति डा. रामवरण यादवसँग सपथ लिएका छन्। उनीहरु विनाविभागीय मन्त्री नियुक्त भएका हुन् । आइतबार एमाओवादीका थप सातसहितका मन्त्रीहरुले सपथ लिएपछि मन्त्रीमण्डलको सदस्यस‌ख्या १७ पुगेको छ। नयाँ संविधानको प्रावधान अनुसार २५ जना सम्मको मन्त्रीमण्डल बनाउन मिल्छ।