सुशीलविरुद्ध यसरी लागे सिटौला !

सुशीलविरुद्ध यसरी लागे सिटौला !


8175_Sitaulaएमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिको प्रधानमन्त्री बनाएर आफू उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने तानाबाना बुनिरहेका काङ्गे्रस महामन्त्री कृष्ण सिटौला सुशील कोइरालालाई आफ्नो योजनामा सहमत गराउन असफल भएपछि नराम्रोसँग विचलित भए । गत शनिबार सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार बन्ने निर्णय भएपछि उनी कोइरालालाई विजयी बनाउन सक्रिय भएनन् । बरु कोइरालालाई पराजित गर्न सिटौला भित्रभित्रै सक्रिय रहे । प्राप्त जानकारीअनुसार कृष्ण सिटौलाले आफूसँग सम्पर्कमा रहेका मधेसकेन्द्रित नेताहरू र विजय गच्छदारलाई टेलिफोन गरी सुशीलको विपक्षमा उभिन आग्रह गरेका थिए । मधेसी मोर्चाका नेताहरूलाई सुशील कोइरालाको विपक्षमा लैजान असफल भए पनि सिटौला विजय गच्छदारलाई भड्काउन भने सफल भए । सिटौला आफूले भनेको नमान्नुको परिणाम कोइरालालाई भोगाउने योजनामा थिए र त्यही योजनाअनुसार उनले मधेसकेन्द्रित नेता तथा अन्य सभासद्हरूलाई सुशीलको विपक्षमा लैजान प्रयासरत थिए । शनिबार र आइतबार (असोज २३ र २४ गते) सिटौलाले टेलिफोन गरेको ‘कल डिटेल’ हेरियो भने उनी सुशीलविरुद्ध कसरी सक्रिय भएका थिए भन्ने पुष्टि हुनेछ ।