खगेन्द्र नेपालीद्वारा वाचन अडियो बुक लोकार्पण हुँदै

खगेन्द्र नेपालीद्वारा वाचन अडियो बुक लोकार्पण हुँदै


khageलन्डन। विश्वकै १३ अति असाधारण प्रतिभा मानिने एकजना अबोला नेपाली साहित्यकार झमक भिमिरेको अन्तरमनको भावना “जीवन कांडा कि फूल” को लोकार्पण यही आउँदो ११ अक्टुबर आइतबारका दिन लण्डनस्थित ब्लू अर्किड रेस्टुरेन्टमा हुने भएकोछ । खगेन्द्र नेपालीद्वारा वाचन गरिएका कृतिमध्य यो छैठौं कृति हुनेछ । अन्तर्राष्ट्रिय बांगमय प्रतिष्ठान, बेलायतले आयोजना गरेको एक भव्य साहित्यिक कार्यक्रमका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काईंलाबाट सो अडियो बुक लोकार्पण हुनेछ ।
लगभग २७ बर्षको बीबीसी नेपाली सेवामा ब्यतित गरेका नेपालीलाई अडियो बुकका जन्मदाता नै मानिन्छ । उनका अडियो बुकहरुमा विश्वेश्वरप्रशाद कोइरालाको आत्मवृतान्त, डायमण्ड शमशेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, योगी आनन्द अरुणको सन्त गाथा र लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट कविताहरुको अडियो बुकहरु पर्दछन् । नेपाली साहित्यका अद्भूत प्रतिभाशाली झमक घिमिरे शारिरिक रुपमा त अशक्त भए पनि सबैका लागि प्रेरणाका स्रोत छिन् । नेपाली साहित्यिक क्षेत्रमा व्यक्तित्व झमक घिमिरेले मदन पुरस्कार लगायत अन्य थुप्रै पुरस्कारद्वारा सम्मानित भएकाछन् । बोल्न नसक्ने तर खुट्टाको भरले लेख्ने यी लेखिकाको सृजनाले पनि अब जीवन्तता पाउने भएकोछ जसको श्रेय खगेन्द्र नेपालीलाई जानेछ ।
आफ्नो अवकाश जीवनलाई पनि रेडियोसँग सम्बन्धित क्षेत्रमार्फत निरन्तरता दिने उनको सोचअनुसार उनले विभिन्न अडियो बुक सार्वजनिक गरिसकेका छन् । अब पछिल्लो अडियो बुकमा उनको सृजना ‘जीवन कांडा कि फूल’ अब अडियोमार्फत सुन्न सकिनेछ । जुन अडियो बुक आठ घण्टा लामो हुनेछ । उनको यस्तो किसिमको प्रयाशले झमक घिमिरेको आत्मबल बढ्नुको साथै उनको कृतिको पनि सम्मान पुग्नेछ । पुस्तक पढ्न नरुचाउनेहरुको लागि यो अडियो बुक उपयोगी हुनुको साथै आफूलाई पाएक परेको अवस्थामा कुनै पनि बेला सुन्न सकिने भएकोले सबैको लागि उपयोगी सावित हुन् सक्छ ।