बेलायतमा गोर्खा शालिकको अनावरण

बेलायतमा गोर्खा शालिकको अनावरण


12106935_696380737173653_3472713203655944918_nलन्डन, बेलायतमा गोर्खालीहरुको सम्मानस्वरूप गोर्खा शालिकको स्थापना गरिएकोछ । यही अक्टुबर ४ तारिख आइतवारका दिन बेलायतको फोक्सटनमा एक विशेष समारोहका बीच बेलायती चर्चित अभिनेत्री जोआना लुम्लेको हातबाट उक्त शालिकको अनावरण गरिएको हो । उक्त समारोहको लागि नेपालबाट पूर्व उप-प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला पनि आएको थिर्इन् । बेलायतका लागि नेपाली कार्यबाहक राजदूत तेज बहादुर क्षेत्री, ब्रिगेड अफ गोर्खाजका कर्णेल, केन्टका मेयर लगायतका अन्य विभिन्न स्थानबाट विशिष्ट ब्यक्तिहरुको पनि उपस्थिति रहेको थियो । समारोहमा ब्रिगेड अफ गोर्खाको बिशेष प्रस्तुति रहेको थियो भने बिभिन्न जातीय संस्थाहरुको तर्फबाट साकेला, च्याब्रुंग, खुकुरी नाच जस्ता सांस्कृतिक कार्यक्रमको पनि प्रदर्शन गरिएको थियो ।
उच्चस्तरीय तामाबाट निर्मित उक्त शालिकको निर्माण स्थानीय बेलायती कलाकार रिबेका हकिन्सले गरेकी हुन् भने यसको तौल ८ टन रहेकोछ । १२ फिट अग्लो उक्त शालिक निर्माणमा लगभग ७० हजार पाउण्ड खर्च भएकोछ बताइएकोछ । सन् २००९ बाट नै शालिकको तयारि थालिएको थियो, फोक्सटनका पूर्व काउन्सिलर धन गुरुङको पहलमा शालिकको लागि सम्पूर्ण रकम स्थानीयबासी आफैले गरेका हुन् भने भू.पू. गोर्खा लगायत बिभिन्न नेपाली संस्था तथा ब्यक्तिहरुले पनि सहयोग जुटाएकाछन् । गोर्खालीहरुले ब्रिटिश सेनामा कार्य गरेको २०० बर्ष पुगेको अवसर पारेर उक्त शालिकको स्थापना गरिएको हो । गोर्खालीहरुको हक हितका लड्दै आएकी गोर्खाली चेलीको रुपमा परिचित जोआना लुम्लेले गरेको क्रियाकलाफरुबाट सम्पूर्ण नेपाल र नेपालीहरु नै सन्तुष्ट रहँदै आएकाछन् सायद त्यसैको परिणाम हुन सक्छ पूर्व- उपप्रधानमन्त्री एवम् पररास्ट्रमन्त्री सुजाता कोइरालाको हातबाट नभएर अभिनेत्री जोवाना लुम्लेकै हातबाट गोर्खा शालिकको अनावरण गरिएकोछ । जसबाट स्पष्ट हुन्छ कि गोर्खालीहरुले जोआनाप्रति देखाएको सद्भाव र सम्मानको बारेमा ।
12108978_927181497374644_8255362733956934798_n
12106938_927180267374767_5488058105482672924_n
11998945_696380767173650_8920314583830356940_n