नेपालको सांस्कृतिक राष्ट्रवाद बचाऔँ

नेपालको सांस्कृतिक राष्ट्रवाद बचाऔँ


-दीर्घराज प्रसार्इं
हिमवतखण्ड नेपाल मानव सभ्यताको उद्गम मानिन्छ । पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दूकुश, उत्तर कैलास मानसरोवर र गंगासम्मको भूभाग हो भने गंगादेखि हिन्द महासागरसम्मको भूभाग भारतखण्ड हो । पहिला नेपाल अहिलेको भन्दा ठूलो थियो । पाँचौँ शताब्दीतिर चन्द्रगुप्त विक्रमादित्यका छोरा समुन्द्रगुप्तको प्रयागको अभिलेखमा ‘कामरूप -आसाम) र कर्कपुर -कुमाउँm र गढवाल क्षेत्र) को बीचको देशलाई ‘नेपाल’ भनी लेखिएकोबाट पनि यो सिद्ध हुन्छ । हिमवतखण्ड नेपालको विषयलाई लिएर वशिष्ठ ऋषिले वशिष्ठ उपनिषद्मा उल्लेख गरेका छन्- ‘भारतखण्डे उत्तरायणे हिमालय तटे स्वर्णभूमि र्स्वर्गभूमि ।’ कालीदासले पनि कुमारसम्भवको पहिलो श्लोकमा ‘हिमालय पर्वतको पूर्वदेखि पश्चिमसम्म नै यो आर्यभूमि हो’ भनेका छन् । यसक्षेत्रमा वेद, उपनिषद्, पुराणहरू तथा अनेकौं नीतिशास्त्रको जन्म भएको र यसक्षेत्रलाई यहाँका हिमाल र नदीहरूले जसरी सिँचित भएको छ त्यसरी नै अनेकौँ तेजश्वी ऋषिमुनिहरूका तपबाट ज्ञानका अजश्रधारा बग्न पुगेका छन् । सप्तगण्डकीमा कश्यप ऋषि, पुलस्त्य ऋषि, कोसी किनारमा कौशिक ऋषि -विश्वामित्र), गोर्खामा वेदव्यास, तत्त्वज्ञानी दार्शनिक राजा जनकको राज्यमा याज्ञवल्क्य, गार्गी मैत्रेयी, गण्डकमा वाल्मीकि ऋषि, बागमती किनारमा ‘ने’मुनि नामका ऋषि र ऋग्वेदमा किराँतीहरूका ऋषि आकुनीले ख्याति कमाएको उल्लेख छ । वेद, श्रुति, स्मृति तथा योगको ज्ञानले यस क्षेत्रलाई सिँचित गर्न सकेकाले विश्वमा हिमवतखण्ड नेपाललाई मानव सभ्यताको उद्गम र विश्वसभ्यताको जेष्ठभूमि मानिएको छ । यही भूमिमा गौतमबुद्धको जन्म भएर विश्वभर बुद्धको प्र्रकाश छरिएको छ । भनिएको छ- ‘बोधिसत्य महासत्यः, स्वयम्भू चैत्य नमाम्यहं ।’
हिमवतखण्ड पुस्तकको ७१ अध्यायको श्लोक १६ मा उल्लेख छ- कश्यप, दक्षप्रजापतिले पनि यहाँ तपस्या गरेका हुन् । मार्कण्डेय, अशोस्थामा, बलि, व्यास, हनुमान, कृप, पर्शुराम र विभूषणले यहीँ तपस्या गरेर चिरञ्जीवी भएका हुन् । त्यस्तै गरेर उक्त पुस्तककै ७१ अध्यायको २१ श्लोकमा उल्लेख छ- ‘पशुपत क्षेत्रको महत्त्व बुझेर मरिची, अंगिरा, पुलह, भृगु र अत्रीजस्ता ऋषिहरू र प्रह्लादजस्ता भक्त यहीँ रहेर अष्टमर्ूर्ति महेशको पूजा गर्छन्’ भनेर उल्लेख छ । भारविले यस क्षेत्रलाई नै केन्दि्रत गरेर ‘किराँतार्जुनीयम्’ महाकाव्य लेखेको कुरालाई पनि यहाँको सभ्यताको विकासमा स्रोतको रूपमा लिइन्छ । अर्जुनले धनुरि्वद्याको विशेष ज्ञान किराँत प्रदेशमै प्राप्त गरेको ‘नेपाल विषय राजन्’ भनेको कुरा महाभारतमा उल्लेख छ ।
किराँत कालमा गौतमबुद्ध जन्मिएको ठाउँ पत्ता लगाएर भारतवर्षबाट राजा अशोक नेपाल आएर ‘यहाँ भगवान् जन्मिएका थिए’ भनेर ठूलो ढुङ्गाको स्तम्भ खडा गरेको कुरा लुम्बिनीस्थित अशोकस्तम्भले बताउँछ । मनुले विध्य र हिमालको बीचको भागलाई आर्यवर्त मान्नुको साथै प्रयागदेखि सिधा उत्तर हिमालयसम्मको भागलाई -अर्थात् नेपाललाई) ब्रह्मरि्ष देशमा गणना गरेका छन् । ‘मूल सर्वस्तीवाद विनयसङ्ग्रह’ बौद्ध गन्थ र नेपाल महात्म्यजस्ता ग्रन्थहरूले यस क्षेत्रको पौराणिक अवस्था कस्तो थियो भन्नेे कुराहरूको चित्रण गरेको पाइन्छ । पशुपति, गुहेश्वरी, स्वयम्भु, बौद्ध आदि जस्ता तीर्थस्थलहरूबाट हिन्दू र बौद्धमार्गीहरूबीचमा समन्वयात्मक बाटो स्थापित हुन गएको कुरालाई सातौँ शताब्दीतिर चिनियाँ यात्री हुयाङसाङले उल्लेख गर्दै हिन्दू मन्दिरहरू र बौद्ध सङ्घहरू साथसाथ बनेका र यिनको एकात्म्य भएको कुरा आफ्नो यात्रा वृत्तान्तमा उल्लेेख गरेका थिए ।
एक हजार वर्षसम्म मुस्लिम र अङ्ग्रेजी सम्राज्यको पीडाबाट मुक्त भएको भारतले प्राचीन समयकालदेखि नै सार्वभौम अस्मिता बचाइआएको नेपालको महत्त्वलाई सम्मान दिँदै आएको छ । हिमवतखण्ड र भारतको यति तादाम्यता छ कि ‘कैलाश-मानसरोवरदेखि हिन्दमहासागरसम्म जसको राज्य र घर छ त्यो हिन्दू हो’ भनेर लिच्छवि शासनमा उल्लेख भएको कुरा इतिहासविद् योगी नरहरिनाथले उल्लेख गर्नुभएको छ । नेपाल र भारत हिन्दूहरूका लागि पवित्र पुण्यभूमि मानिन्छ । विश्वभरमा हिन्दूहरूको प्रतिष्ठाको रूपमा नेपाल विश्वको एक मात्र हिन्दू अधिराज्य भएर रह्यो । भारतका हरेक हिन्दू देवस्थल, धाम रामेश्वर, जगन्नाथ, विश्वनाथ, बद्रीनाथ, केदारनाथ, गया, कामाक्ष कामरूप आदिमा लिच्छविकालदेखि नै विशिष्ट ढङ्गले पूजार्-अर्चना गर्न पाइने नेपालका राजाहरूको विशेषाधिकार कायम रहेकोमा २०६३ को जनआन्दोलनको नाममा असंवैधानिक तरिकाले गणतन्त्र तथा धर्मनिरपेक्ष राज्य घोषित गरेर नेपाललगायत भारत र विश्वका हिन्दूहरूमै अन्योल सिर्जना भएको छ ।
हिन्दू अस्मिताको कति महत्त्व छ भन्ने कुरा विश्वको सातौँ आर्श्चर्यमध्ये चीनको विशाल पर्खालको पश्चिमी द्वारमा चौध फुट लामो संस्कृत मन्त्र रहेको र यो मन्त्रलाई मङ्गोल सम्राट कुब्लाई खाँले चौधौँ शताब्दीमा ‘ç नमोभगवते..’ आदि लेखिएको चीनको ग्रेटवालका ढोकाहरूमा महाभारतका श्लोक एवम् संस्कृत भाषामा कलापूर्ण अक्षर लेखिएको देखेका उल्लेख गर्दै स्वामी डा. प्रपन्नाचार्यले आत्मगौरव गर्नुभएको छ । नेपाल र भारत यी दुवै देश सांस्कृतिक वैभव र विश्व सभ्यताका आधिकारिक स्थलहरू हुन् । चिनियाँ यात्री हुयानसाङले नेपालको भ्रमण गरेर आफ्नो यात्रा वृत्तान्तमा भनेका थिए, ‘नेपालको राज्य व्यवस्थाले छिमेकी राज्यहरूमा आफ्नो प्रभाव कायम राखेको थियो । लिच्छवि कुलोत्पन्न क्षेत्रीय राजा छन् जसलाई अनेक कुराको ज्ञान छ । यहाँ अंशुशर्मा नामका राजा थिए, यिनको प्रताप र प्रतिभाको कर्ीर्ति टाढा-टाढासम्म विख्यात थियो ।’ यही क्रमले लिच्छविलगायत बाईसी, चौबीसी, मल्ल शासनकालमा यस क्षेत्रको मौलिकता बचाएरै राखेका थिए । राजा महेन्द्र मल्लको समयमा तिब्बतमा नेपालको मोहर -मुद्रा) चलाउने व्यवस्थाको सम्झौतालाई निरन्तरता दिएका थिए ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेका थिए, ‘यो नेपाल तखत किल्ला हो । इश्वरले रचना गरेको किल्ला रहेछ । सबै जात छत्तीसे वर्नर्को यो असल हिन्दुस्थाना हो ।’ यस पुण्यभूमिको संरक्षणको प्रेरणास्रोत पृथ्वीनारायण शाह हुन पुगे । गोरखा एउटा राज्य थियो । यस क्षेत्रका ५४ वटा ससाना राज्यको एकीकरण गरेर पृथ्वीनारायण शाहले ‘नेपाल अधिराज्य’को सिर्जना गरे, सबै जाति मिलेर एक नेपाली जाति । पृथ्वीनारायण शाहका पुरोहित शक्तिवल्लभ अर्यालले यस पुण्यभूमिको मुक्तकण्ठले प्रशंसा गरेका थिए, ‘जौन नेपालराज्य विषये हिमाल पर्वतका कन्दरादेखि…चारैतिरबाट मुनिजनहरूले सेवा गरिएका कौसिकीका धारा वेगले बहन्छन्, जहाँ प्रख्यात भएका नीलकण्ठ विराजमान भयाका छन्, सोही नेपाल देश हो । जहाँ हिमाल पर्वतकी पुत्री गुह्रेकाली विराजमान भयाकी छन्, जहाँ पूण्या भयाकी बागमती छन् जहाँ पशुपतिका प्रत्यक्ष भयाका शिवलिङ्ग छन्, जहाँ चाँगुनारायण छन्, जहाँ सम्पूर्ण भयकन हर्‍न्या बज्रयोगिनी छन्, जहाँ पञ्च लिङ्गेश्वर पचली भैरव छन् यस्तो नेपाल देश’ भनेर उल्लेख गरेबाटै यस क्षेत्रको सांस्कृतिक धरातलको यथार्थ परिचय मिल्छ ।
यस क्षेत्रका जनताको चासोका बारेमा इतिहासविद् सूर्ययविक्रम ज्ञवालीले लेख्नुभएको छ, ‘धर्म संरक्षणार्थ पहाड बस्ने हिन्दूहरूको अभिलाषा राज्य चलाउनेभन्दा धर्म रक्षा गरी बस्ने थियो ।’ त्यस्तो अवस्थामा पृथ्वीनारायणजस्तो संरक्षक पाउँदा सबै क्षेत्रका जनता खुसी थिए । आन्तरिक सामञ्जस्यता ल्याएर पृथ्वीनारायण शाहले छिमेकी राज्यहरूसँग पनि राम्रो सम्बन्ध कायम राखेका थिए । पृथ्वीनारायण शाहबाट तिब्बतमा अन्न, वस्त्र, सिक्का आदि निर्यात गरिन्थ्यो र सुन, नुन, भेडा, च्याङ्ग्राआदि आयात गरिन्थ्यो । भोटबाट सस्तो भाउमा सुन ल्याउने र त्यो सुन भारतमा महँगोमा बिक्री गरी भारतबाटै सस्तोमा चाँदी खरिद गरेर रुपैयाँ बनाई भोटमा निर्यात गरिन्थ्यो । राजनीतिक पार्टीका नेताहरू अनर्थमा अँध्यारोमा ढुङ्गा हानेर समय बर्बाद गरिरहेका छन् । नेपालका सबै जातिलाई नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताभित्रको मूलधारमा एकताबद्ध गराएर नेपालभित्रका सबै फूल समानरूपमा फुल्न पाउने अवधारणा सबै मिलेर बनाउन सक्ने सहअस्तित्व आधारबाट मात्र हाम्रो देश र प्रजातन्त्रको भविष्य बन्न सक्दछ । विदेशीहरूले चाहेर नयाँ संविधान बन्दैन, बने पनि यो नेपालको अस्तित्व बचाउने प्रकारको हुन्न । राजसंस्थासहितको सांस्कृतिक राष्ट्रवाद नै हाम्रो प्रतिष्ठा र पहिचान हो । अब २०४७ सालको संविधानमा फर्केर आ-आफ्ना लक्ष्मणरेखा ननाघ्ने र्सतमा सबैको सहमतिमा राष्ट्रको रोडम्याप -मूलनीति) बनाएर त्यसैको आधारमा सबै पक्ष निर्धक्कसाथ राष्ट्रनिर्माणमा सरिक हुन संकल्पकृत हुन सक्यौँ भने हामी नेपालीले कहिले पनि कोहीसँग झुकेर अपमानित भएर हिँड्नुपर्दैन ।