त्यस्ता फिल्म खेल्नु छैन

त्यस्ता फिल्म खेल्नु छैन


धेरैले नायिका गरिमा पन्तलाई नेपाली करिना कपुर भन्ने पनि गर्छन् । तर, उनी आफूलाई विदेशी नायिकाको नामसँग नजोड्न आग्रह गर्छिन् र भन्छिन्, –मलाई गरिमा नै भनिदिनुस् । उनी टेलिचलचित्रमार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् । टेलिफिल्म हुँदै ठूलो पर्दाको चलचित्रमा नायिकाको रूपमा स्थापित बन्न सफल भएकी गरिमाले अभिनय गरेको पछिल्लो चलचित्र किन लाग्छ माया यतिबेला काठमाडौंका हलहरूमा प्रदर्शन भइरहेको छ ।
० गरिमाको अर्थ थाहा छ त ?
– थाहा छ, यसको अर्थ इज्जत, पावर र गर्व गर्न लायक भन्ने हुन्छ ।
० तपाईं त्यस्तै हुनुहुन्छ त ?
– म अरूले मेरोबारेमा के भन्छन् मलाई थाहा छैन । तर, म गाउँबाट आएकी एउटी केटी यो ठाउँमा पुग्न सक्नु भनेको मेरो लागि गरिमाकै कुरा हो ।
० तर गरिमालाई त अनलक्की नायिका भन्छन् नि ?
– किन नि ?
० खै त गरिमाले खेलेको फिल्महरू त्यति हिट भएको देखिँदैन नि ?
– हिट त भएकै छन् नि, नत्र किन म व्यस्त हुन्थेँ र ? यो त सब मेरो डाहा गर्नेहरूले चलाएको हल्ला हो । अर्को कुरा, कुनै फिल्म नचल्नुको कारण सबै कलाकारलाई दिन मिल्छ र ?
० तपाईंलाई नेपालको करिना भन्छन् । उताकी करिनाले त बिहे गर्न लागेकी छिन् । अनि यताकी करिनाले कहिले गर्ने नि बिहे ?
– विवाहबारे अहिले नै सोचेकी छैन ।
० उसो भए ब्वाइपे्रmण्ड त होला नि ?
– त्यो त छैन अहिलेसम्म ।
० नभएकै हो कि भएर पनि ढाँटेको ?
– साँच्चै छैन । म त्यतातिर लाग्दिन अहिले ।
० अब त कलाकारको नामले फिल्म चल्न छाड्यो भन्छन् नि ?
– एक–दुईवटा नयाँ कलाकार भएको फिल्म चल्यो भन्दैमा सधैं त्यस्तो हुन्छ भन्न मिल्दैन । फिल्म चल्ने त कलाकारकै नामबाट हो ।
० अहिले गरिमाजस्तै पुराना कलाकारको क्रेज सकियो भन्छन् नि, हो ?
– म पहिलेभन्दा अहिले व्यस्त छु । कसरी भन्न मिल्छ क्रेज घट्यो भनेर ।
० अहिले त अश्लील चलचित्रहरूको बाढी नै आउन थाल्यो । यस्ता सिनेमाबाट अफर आएका छैनन् ?
– आएका छन् ।
० किन नखेलेको त ?
– यस्ता फिल्म खेल्नुभन्दा त फिल्मबाटै सन्न्यास लिन्छु । त्यस्ता फिल्म खेल्नु छैन ।

पूर्वप्रधानमन्त्रीपुत्रसँग उमाको इलुइलु
अहिले बजारमा चर्चा छ निर्मात्री एवम् नायिका उमा बेबीका बारेमा । नायिकाहरूको नाम समयसमयमा विभिन्न कलाकार र अन्य क्षेत्रका व्यक्तिहरूसँग मुछिने गर्छ । यस्तो कलाकारितामा लागेकाहरूका लागि यो नयाँ र अचम्मको कुरा होइन र उनीहरू पनि आफ्ना कुराहरूलाई गहन रूपमा नलिनका लागि आग्रह गर्छन् । सिनेमामा पे्रम, रोमान्स अनि विछोडका कुरा त खासै ‘वाह’ गर्न लायकका पनि होइनन् । तर, यतिबेला उमा बेबी र उनले बनाएको चलचित्र इशारालाई लिएर बजार गरम भएको छ । त्यसमा मुछिएका छन् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा एवम् नायक भुपेन चन्द । भुपेन चलचित्र दुई किनारमार्फत चलचित्र बजारमा छाएका हुन् भने उमाले पनि इशारामा भुपेनलाई नायक बनाएकी छिन् । यो चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका छन् ।
‘उमा र भुपेनबीच इलुइलु भयो रे † उनीहरूको पे्रम र रोमान्स गजवको रहेछ’ भन्नेजस्ता हल्ला बजारमा चलिरहँदा पछि पो त्यो रहस्यबारे बजारमा वास्तविकता खुल्यो । त्यो रोमान्स, पे्रम र माया त सिनेमाको पर्दाभित्र पो रहेछ । बाहिर त यी दुईबीच व्यावसायिक रिलेसनबाहेक केही रहेनछ । यो कुरा थाहा पाएपछि फेरि सबै तिनछक परे ।
चलचित्र इशारामा भने भुपेन र उमाले पे्रमको गतिलो उदाहरण पेस गरेका रहेछन् । ‘यो त पे्रमकथामाथि बनेको चलचित्र हो । पे्रमको परिभाषाका साथमा पारिवारिक कुरा पनि उठाइएको छ,’ उमाले भनिन् ।
सिनेमाको पर्दामा पे्रम र रोमान्स गर्न उमा र भुपेन सिक्किम नै पुगेका छन् । किन त सिक्किम नै लगियो ? ‘फ्रेस लोकेसनमा फ्रेस जोडीको पे्रम देखाउन उता लगिएको । पे्रमजस्तो स्वच्छ कुरालाई स्वच्छ ठाउँमा नै लग्नुपर्‍यो नि,’ निर्देशक सविरले बताए । उनी पे्रमकथामाथि आधारित चलचित्र बनाउन निकै खप्पिस पनि मानिन्छन् । उनले यसअघि कसले चोर्‍यो मेरो मन र के म तिम्रो साथी बन्न सक्छु नामक सिनेमाको निर्देशन गरिसकेका छन् । भदौदेखि प्रदर्शनमा आउने ‘इशारा’ आफ्नो महत्ववाकाङ्क्षी चलचित्र भएको दाबी उमाले गरिन् । ‘सही पे्रम, त्याग र समर्पण के हो ? त्यो थाहा पाउन इशारा हेर्नैपर्छ,’ उनको ठोकुवा छ ।

मलाई फसाइयो
‘अहिले मलाई न त भोक छ न त प्यास छ । म टेन्सनमा छु दाइ,’ आइतबार अनामनगरमा भेटिएकी बिनिता बरालले यसै भनिन् । निकै तनावमा देखिएकी बिनितालाई यतिबेला प्रहरी हिरासतमा रहेका आफ्ना भाइ दिक्पाल कार्कीलाई छुटाउनु छ । ‘मेरो भाइको क्यारियर नै ध्वस्त पार्न लागे फटाहाहरूले । अब के गर्ने ? म त निकै टेन्सनमा छु,’ उनले भनिन् ।
चलचित्र ‘चपली हाइट’को सफलतासँगै नायिकाहरूको भीडमा रामै्र हाइट बनाएकी बिनिता बरालको आड र उक्साहटमा मोडल दिक्पाल कार्कीले अन्य कलाकारहरूलाई ‘फेसबुक’मार्फत गलत सन्देश प्रवाह गरेको आरोपमा साइबर क्राइमअन्तर्गत प्रहरीले दिक्पाललाई नियन्त्रणमा लिएको थियो । यो कुरामा दिक्पालसँगै बिनिता पनि प्रहरीसमक्ष पुगेकी थिइन् । ‘तर मलाई प्रहरीले समातेर लग्यो भनियो । कुरा त्यसो थिएन । भाइलाई प्रहरीले लगेपछि म पनि सोधपुछका लागि आफैं गएकी हुँ । यसमा मेरो गल्ती छैन,’ बिनिताले भनिन् ।
बिनिता आफ्नो चर्चा र सफलताको इष्र्या गर्नेहरूले यस्ता खेल खेलिरहेको आरोप लगाउँछिन् । ‘चलचित्र चपली हाइटमा सँगै काम गर्दा त्यसका नायक राज घिमिरे र म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङसँग राम्रै सम्बन्ध भए पनि अहिले राम्रो छैन । उनीहरूकै षडयन्त्र हो यो,’ बिनिताको दु:खेसो छ ।
यो तनावले गर्दा आफूले केही चलचित्र र म्युजिक भिडियोमा काम पनि गर्न नसकिरहेको कुरा बिनिता बताउँछिन् । ‘यहाँ त अलिकति नाम र चर्चा कमाइयो भने सबै खुट्टा तान्न पछि लाग्दा पो रहेछन्,’ निकै आक्रोशित छिन् उनी ।