बिहेपछि मनीषा निर्मात्री-राजन घिमिरे

बिहेपछि मनीषा निर्मात्री-राजन घिमिरे


एक समय मनीषा कोइरालाको ‘ब्वाइफ्रेन्ड’का बारेमा निकै चर्चा हुने गर्दथ्यो । तर अहिले मनीषा सम्राटकी दुलही बनिसकेकी छिन् । अब विवाहित भइसकेकी मनीषाले अन्ततः घरजम नेपालीसँग गरिन् र अब उनको बाँकी जीवन यतै बित्ने निश्चित भइसकेको छ ।
उसो भए एक समय नायिकाको रूपमा बलिउड थर्काएकी मनीषा अब के गरेर बस्लिन् त ? सबैको कुतूहल हुन सक्छ । अन्दाज लगाउनेहरूले त मनीषा फेरि फिल्म खेल्न बलिउड जालिन् वा व्यापारी श्रीमान् सम्राटसँगै मिलेर व्यापारतिरै लाग्छिन् । तर, जानकारीमा आएअनुसार यी दुवै अन्दाज अब नमिल्ने भएका छन् । मनीषा अब सिनेमातिरै लाग्नेछिन्, तर नायिकाको रूपमा नभएर निर्मात्रीको रूपमा । सायद अब मनीषालाई आफ्नो उमेरको ख्याल भएर पनि होला आफू नायिकाभन्दा पर्दापछाडि बसेर लगानीकर्ताको रूपमा सिनेमा क्षेत्रमा लाग्ने विचार गरिन् ।
मनीषाको फिल्मी क्यारियर सुरु भयो नेपाली चलचित्र फेरि भेटौंलाबाट । त्यतिबेला फेरि भेटौंला भनेर यो सिनेमा खेल्दै बलिउडतिर हानिएकी मनीषाले फेरि भेटौंला भनेर गरेको वाचा अन्ततः पूरा गरेरै छाडिन् । उनी लामो समयको ग्यापपछि फेरि नेपाली सिनेमामा नै फर्किन् ।
पछिल्लोपटक मनीषाले अर्को नेपाली सिनेमामा काम गरिन्, सिनेमाको नाम हो- धर्मा । मनीषाले अभिनय गर्ने धर्मा उनको अन्तिम चलचित्र हुने देखिन्छ भने अब उनी निर्मात्रीको रूपमा आफूलाई नेपाली सिनेमा क्षेत्रमा नै समर्पित गराउने उद्देश्यका साथ लागिपरेकी छिन् ।
बलिउडबाट क्रमशः आफ्नो साख गिर्दै जानु अनि नायिकाको रूपमा सिनेमाको पर्दामा अभिनय गर्न उमेर पनि बाधा बनेपछि नाम र आफ्नो वर्चश्वलाई निरन्तरता दिनका लागि चलचित्र निर्माण गर्ने मनीषाको यो सोचको यतिबेला नेपाली सिनेमामा तारिफ हुन थालेको छ ।
विश्वको जुनै कुुनामा रहेर अभिनयलाई निरन्तरता दिए तापनि अन्ततः मनीषा कोइरालाको नेपालमा नै आफ्नो पछिल्लो समय बिताउने योजना साँच्चै तारिफ गर्न योग्य रहेको छ ।

गिनिज बुकमा नाम लेखाउने तयारी
अब चाँडै एउटी बालगायिकाले सम्पूर्ण नेपालीको शिर उचो पार्ने भएकी छिन् । ती तीन वाषर्ीया बालगायिका हुन्- अतिथि केसी । गायक एवम् आर्बिट इन्टरनेसनल एजुकेसनका प्रमुख उद्धव केसीकी छोरी अतिथिको नाम कम उमेरको गायिकाको रूपमा गिनिज बुकमा लेखिने भएको छ । अहिले यसै कार्यमा व्यस्त छ एउटा समूह ।
त्यसो त अतिथिको गायिकी प्रतिभालाई टेलिभिजन र स्टेजका दर्शकहरूले धेरैपटक हेरिसकेका छन्, अब हेर्नेछ विश्वले । अहिले अतिथिको आवाज समेटिएको एल्बमको सार्वजनिकीकरण गरिने भएको छ भने त्यसपछि अतिथिमाथि निर्माण भएको डकुमेन्ट्रीको शो गरिने कुरा बताइएको छ ।
अतिथिले जति गीत गाउँछिन् र गाएकी छिन् ती सबै गीत सुनेर कण्ठ पारेको भरमा गाएकी हुन् । उनलाई एकपटक गीत सुनेपछि कण्ठ नै हुने गर्छ । उनले गाएको नौवटा गीतको सङ्ग्रह ‘अतिथि’ बजारमा आएपछि साँच्चै नै उनको तारिफ गर्नेहरूको जमात ठूलै बन्नेछ र गिनिज बुकमा उनको नाम लेखिएपछि सबैले भन्नेछन्, ‘प्रतिभालाई उमेरले छेक्दैन ।’

चलचित्र विकास बोर्ड पुग्यो दस वर्ष
नेपाली चलचित्र उद्योगको विकास, विस्तार र प्र्रवर्द्धनका लागि गठित चलचित्र विकास बोर्डले आज बुधबार आफ्नो वारि्षक उत्सव मनाउँदै छ । बोर्डको यो दसौं वारि्षकोत्सव हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष अमरराज गिरीका अनुसार आज बुधबार सञ्चारमन्त्री शंकर पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन् बोर्डको कार्यालय काठमाडौंको चाबहिलमा । बोर्ड आफ्नो दसौं वारि्षकोत्सवलाई भव्यताका साथ मनाउने तयारीमा जुटेको छ ।
बोर्डले यसपटक एउटा नयाँ कार्यको थालनीको सुरुवात गर्ने भएको छ त्यो हो पूर्वअध्यक्षहरूलाई सम्मान । कार्यक्रममा बोर्डका पूर्वअध्यक्षहरू यादव खरेल, नीर शाह, शम्भुजित बाँस्कोटा, मुकुन्दप्रसाद आचार्य, कृष्ण मल्ल, शैलेश आचार्यर्,र् इश्वरचन्द्र ज्ञवाली र गणेश भण्डारीलाई सम्मान गरिने भएको छ । ‘उहाँहरूले संस्थागत रूपमा बोर्डप्रति देखाउनुभएको सद्भाव र गर्नुभएको योगदानको कदर गर्दै यो सम्मान गर्न लागिएको हो,’ अध्यक्ष अरमराज गिरीले बताए । यसैगरी बोर्डले बुधबार नै चलचित्रकर्मी कल्याण कोषका लागि सहयोग गरेबापत बसुन्धरा भुसाललाई पनि सम्मान गर्ने भएको छ ।
स्त्रिmप लेखन प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने लेखकलाई सञ्चारमन्त्रीबाट पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ भने बोर्डको वारि्षक प्रतिवेदन पनि आजै बुधबार सार्वजनिक हुनेछ । बोर्डले प्रकाशित गरेको स्मारिका चलचित्र मञ्च र चलचित्र प्रोडक्सन गाइड पनि विमोचन गरिने कार्यक्रम रहेको छ भने चलचित्रकर्मीहरूका लागि गरिने बिमाबारे पनि जानकारी गराइने भएको छ ।

अकबर पनि चलचित्रतिर
दुई-चार लाख जम्मा गरेर त्यसकै भरमा सिनेमाको निर्माता बने भनेर गफ गर्नेहरूको ठूलै जमात छ यहाँ । यस्तै दुई-चार लाखेहरूको भीड र अव्यावसायिक सोचकै कारण यतिबेला नेपाली सिनेमा उद्योग व्यावसायिक रूपमा फस्टाउन सकिरहेको छैन ।
तर पनि यस्ता भीडहरू माझ नौलो सोच, उद्देश्य अनि सिनेमा उद्योगमा केही गरौँ भन्ने उत्साह बोकेर सिनेमा निर्माणतर्फ आकरि्षत हुने केही व्यक्तिहरूबाट भने सिनेमा उद्योगले ठूलै आशा राख्ने गरेको छ । लामो समयदेखि सफल व्यापारीका रूपमा सक्रिय अनि सिनेमाको स्तरका लागि केही रकम बढी खर्च भए तापनि धक नमान्ने सीमित निर्माताहरूको पङ्क्तिमा पर्ने भएका छन् मोहमद अकबर । सिनेमा निर्माण उनको रहर मात्र होइन अब उनी सिनेमा निर्माणलाई व्यावसायिक रूपमा नै अगाडि बढाउने उद्देश्यका साथ लागिपरेका छन् । ‘सिनेमा क्षेत्रलाई पनि व्यावसायिक रूपमा अगाडि बढाउन सकिन्छ भन्ने मेरो उद्देश्य हो । यो क्षेत्रमा व्यापारीहरू पनि आउनुपर्‍यो भन्ने सोच छ,’ अकबरको भनाइ छ ।
काठमाडौंको नयाँ बजारमा अवस्थित सौर्य फाइनान्सका सञ्चालक अकबरले एकल रूपमा निर्माण गर्न लागेको चलचित्र ‘चाँडै आऊ है’ को यसै साता शुभसाइत सम्पन्न भइसकेको छ । करिब एक दर्जनभन्दा बढी सिनेमाको कथासमेत लेखिसकेका उनले ‘तिमीबिनाको जीवन’ नामक चलचित्रमा अभिनयसमेत गरिसकेका छन् ।
आफू हाल निर्माण भइरहेका सिनेमाहरूभन्दा फरक शैलीको सिनेमा बनाउने दाबी गर्छन् उनी । ‘जसरी फाइनान्स क्षेत्रमा म सफल भएको छु, त्यसरी नै सिनेमा निर्माणमा पनि सफल हुने विश्वास छ,’ अकबरको भनाइ छ ।