‘ड्रग्सविरुद्धको अभियान नेपाल प्रहरीको नयाँ पहिचान’

‘ड्रग्सविरुद्धको अभियान नेपाल प्रहरीको नयाँ पहिचान’


–रवीन्द्रप्रताप शाह, प्रहरी महानिरीक्षक
बिहान उठेदेखि राति सुत्ने ओछ्यान पुग्दासम्म, अझ सपनामा समेत राजनीतिक विषयवस्तुसँग मात्रै बाँधिने आदत नेपाली आममानसमा हुर्किंदै गएको छ । खाँदा, पिउँदा, उठ्दा, बस्दा राजनीति नै राजनीतिबाट जेलिन पुगेका कारण समाजमा अनेक विकृति मौलाएको र त्यस्ता विकृतिले सिङ्गै देशलाई नै विषाक्त तुल्याउन लागेको हेक्का कसैलाई छैन । एउटा मुलुकका लागि राजनीति महत्वपूर्ण विषय हो, तर राजनीति मात्रै सबैथोक होइन ? यही यथार्थलाई महसुस गरेर ड्रग्सविरुद्ध अभियान चलाउँदै आएको संस्था नार्कोनन्सँग सहकार्य गर्दै नेपाल प्रहरी ड्रग्सविरुद्ध जनचेतना अभियान लिएर मुलुकका गाविस तथा नगरपालिकाका वडास्तरसम्म जान लागेको छ । वास्तवमा यसप्रकारको अभियानको आवश्यकता कसरी महसुस भयो र यो अभियान गाउँ–गाउँ वा वडा–वडामा कसरी पुग्दै छ त ? प्रस्तुत छ प्रहरी महानिरीक्षक रवीन्द्रप्रताव शाहसँग यस विषयमा गरिएको कुराकानीको मुख्य अंश ः
० प्रहरीले ड्रग्सविरुद्धको खास अभियान देशभर सुरु गर्न लागेको भन्ने बुझियो । यसबारे केही प्रकाश पारिदिनुहुन्छ कि ?
– हो, नेपाल प्रहरी समाज सुधार्ने यस कार्यमा अग्रसर हुँदै छ । अहिले स–साना केटाकेटीसमेत जुन प्रकारले ड्रग्सप्रति आकृष्ट हुन थालेको देखिँदै छ, त्यसलाई नियन्त्रण गर्न देशका गाउँ–गाउँ र नगरपालिकाका वडास्तरसम्म आमजनतासँग मिलेर एउटा अभियान सुरु गर्नुपर्ने आवश्यकताको महसुस हामीले गर्‍यौँ । यो अभियानबारे उच्च प्रहरी अधिकृतहरूसँग पनि सल्लाह भयो र यसमा सबैको सहमति रह्यो । हामीले गृह मन्त्रालयसँग पनि स्वीकृति माग्यौँ । यस अभियानमा प्रहरीसँग नार्कोनन नेपालको पनि साथ रहनेछ र अभियानको प्रक्रियासमेत सुरु भइसकेको छ ।
० यो कार्यक्रमलाई अहिले अभियानकै रूपमा अगाडि किन बढाउनुपर्‍यो ?
– हामीले के बुभ्mनुपर्छ भने ड्रग्सको समस्याले व्यक्ति र परिवारलाई मात्र होइन समाजलाई नै असुरक्षित बनाउने गर्छ । अहिलेको शताब्दीमा मानिसहरूका लागि ड्रग्स युद्धभन्दा खतरनाक देखिएको छ । यसले धेरै प्रकारको अपराध र विकृति पनि जन्माउँछ । हाल नेपालमा जुन सङ्क्रमणकालीन अवस्था छ, यस्तो समयमा प्रहरीहरू आफ्नो नियमित कामहरूमा भन्दा पनि अन्यत्र व्यस्त हुनसक्ने कुरालाई ध्यान दिएर आपराधिक तत्वले समाजमा आफ्नो खराब काम अगाडि बढाउन सक्छन् । यस्तो समय ड्रग्स पैmलाउनेहरूका लागि झन् उर्वर सावित हुनसक्छ । प्रहरी प्रधान कार्यालयले यसलाई महसुस गरी ड्रग्स पैmलने सम्भावित अवस्था रोक्न पहलकदमी लिएको हो । ड्रग्स पैmलन सक्ने वातावरणलाई अग्रिम रूपमा रोक्न यो कदम चालिएको हो । यस कार्यमा प्रहरीलाई पूरै समाजको सहयोग आवश्यक पर्छ ।
० यो अभियान कसरी अगाडि बढ्छ त ?
– यो अभियानमा नार्कोनन् नेपालको पनि महत्वपूर्ण भूमिका रहनेछ । यो कार्यक्रम केन्द्रीय तहबाट हेर्दा नार्कोनन् नेपाल र नेपाल प्रहरी मिलेर गरिएको देखिए पनि गाउँस्तरसम्म पुग्दा प्रहरी, प्रशासन, आमजनता र सबैको साझा कार्यक्रम हुनेछ । यो अभियान अरू देशका लागि पनि पुलिस–पब्लिक मिलेर कसरी काम गर्न सक्छन् भन्ने प्रमाणित गर्ने एक उदाहरण पनि हुनसक्छ । प्रहरी प्रधान कार्यालयका एआईजी भीष्म प्रसाईंले कार्यक्रमका संयोजकका रूपमा धेरै काम अगाडि बढाई पनि सक्नुभएको छ । यो कार्यक्रम सफल पार्न तालिम, जनचेतना कार्यक्रम, दबाब समूहको गठन र दुव्र्यसन पैmलाउन सक्रियहरूलाई निरुत्साहित गर्ने कार्य पनि साथ–साथ अगाडि बढाउनुपर्ने हुन्छ ।
० ड्रग्सको रोकथाममा प्रहरीबाट दैनिक कामहरू त भएकै होलान्, फेरि यो अभियान नै किन चाहियो ?
– प्रहरीले गर्नुपर्ने दैनिक काममा यो अभियानले बाधा गर्ने छैन । प्रहरीका दैनिक कार्यमा बाधा नहोस् भनेर नै अहिले यो अभियानको नेतृत्व र सञ्चालन प्रहरी प्रधान कार्यालयबाटै गरिएको हो । कानुन कार्यान्वयन इकाइहरूले ड्रग्स व्यवस्थापनमा राम्रो काम गरी नै रहेका छन्, तर ड्रग्स रोक्ने भनेको केवल अपराधीलाई कारबाही गर्ने मात्र होइन बरु ड्रग्स खान हुन्न भनेर समाजलाई बुझाउने पनि हो । ड्रग्समा परेका व्यक्तिहरूलाई उपचारमा जानका लागि प्रेरित गर्ने पनि हो । ड्रग्स रोक्न आ–आफ्ना समाजलाई दुव्र्यसनमुक्त बनाउन त्यहाँका बासिन्दाले नै प्रयास पनि गर्नुपर्छ । अतः यो अभियान विशेषतः कानुन कार्यान्वयन गर्नेभन्दा पनि जनपरिचालन गरी ड्रग्सलाई रोक्ने अभियान हो । यो अभियानले दैनिक कार्यमा बाधा गर्ने छैन । यसमा प्रहरी थोरै सङ्ख्यामा र समाजका सदस्य ठूलो सङ्ख्यामा सक्रिय हुनुहुनेछ र त्यो ठूलो सङ्ख्याको साथले प्रहरीलाई कानुन कार्यान्वयनमा समेत मद्दत मिल्नेछ । ड्रग्सविरुद्धको अभियान नेपाल प्रहरीको नयाँ पहिचान हुनेछ
० अभियानमा नार्कोनन् नेपालको भूमिकाचाहिँ के हुनेछ नि ?
– तपाईं–हामीलाई थाहा भएकै कुरा हो नार्कोनन् नेपाल एउटा गैरसरकारी संस्था मात्र भए तापनि उसले नेपालमा ड्रग्सविरुद्ध जनचेतना पैmलाउन ठूलै भूमिका निर्वाह गरिसकेको छ । त्यस संस्थाका प्रमुख वसन्त कुँवर पनि पहिला नेपाल प्रहरीकै सदस्य हुनुहुन्थ्यो, उहाँले प्रहरीमा रहँदा पनि चेलिबेटी बेचबिखन तथा ड्रग्सको व्यवस्थापन गर्न ठूलै योगदान दिनुभएको थियो । अहिले नार्कोनन् नेपालसँग मिलेर काम गर्दा प्रहरीले कार्यक्रमहरूको व्यवस्थापन गर्ने र नार्कोनन् नेपालले ड्रग्सविरुद्धको प्रशिक्षण दिने विशेषज्ञहरू उपलब्ध गराइदिने वा तयार गरिदिने सम्झौता भएको छ । यो कार्यक्रम नार्कोनन् नेपाल तथा प्रहरीको संयुक्त कार्यक्रम भएकोले दुवैको भूमिका आ–आफ्नो ठाउँमा महत्वपूर्ण रहेको छ र यसको फाइदा स्थानीयस्तरमा पुग्नुपर्छ ।
० तपाईंको कार्यकालपछि पनि यो अभियानले निरन्तरता पाउला त ?
– मभन्दा पहिले पनि थुप्रै प्रहरी महानिरीक्षक हुनुहुन्थ्यो । मपछि पनि थुप्रै आउनुहुनेछ । त्यसैले नियुक्ति, सरुवा, बढुवा, अवकाश कर्मचारीका लागि सामान्य कुरा हुन् । तर, भोलि यो सङ्गठनमा जो आए पनि समाजलाई शान्तिसुरक्षा दिने जिम्मेवारी बोकेरै आउनुहुनेछ । यो अभियान मैले सुरु गरेँ भने कति अभियान पहिल्यैदेखि सुरु भएका थिए, जसलाई मैले निरन्तरता दिइरहेको छु । कति अभियानहरू आवश्यकताअनुसार भोलि सुरु होलान् । तर, एउटा कुरा के हो भने हरेकको काम गर्ने तरिका फरक–फरक होला तर पनि सबैको फोकस भनेको समाजलाई सुरक्षित राख्नेतर्पm नै हुनेछ । अहिलेको जुन अभियान छ त्यसबारे भोलिका प्रमुखहरूले पनि छलफल गरी सहमति जनाउनुभएको छ । यो अभियान कसैले रोक्लान् जस्तो मलाई लाग्दैन, बरु मलाई लाग्छ– भोलिका दिनमा यो अभियानले थप मद्दत पाउनेछ र उचाइ लिनेछ ।
० यो कार्यक्रमबाट तपाईंले के नतिजाको अपेक्षा गर्नुभएको छ ?
– यो कार्यक्रमबाट समाजको तल्लोस्तरसम्ममा नै ड्रग्सको खराब पक्षबारे जानकारी पुग्नेछ र घर–घरमा ड्रग्सविरुद्धको सचेतना बढ्नेछ । साथै जुनप्रकारले प्रहरी, प्रशासन, शैक्षिक संस्था, नागरिक समाज, विद्यार्थी, समाजसेवीसमेत यो अभियानमा साथसाथै काम गर्दै छौँ, यस्तो सामूहिक प्रयासले दुव्र्यसनमुक्त समाज बनाउन उल्लेखनीय उपलब्धि हासिल हुनेछ ।
० यस कार्यक्रमबारे आमनेपाली दाजुभाइ–दिदीबहिनीलाई के भन्न चाहनुहुन्छ ?
– म यही भन्न चाहन्छु कि साधारणतया प्रहरीहरूले समाजलाई सामान्य सुरक्षा प्रदान गरेकै हुन्छन्, तर जबजब हामी कुनै समस्या अलि बढी नै संवेदनशील भएर सतहमाथि आउन खोजेका देख्छौँ, त्यतिबेला हामीले पनि त्यसलाई अलि बढी नै महत्व दिई हेर्नुपर्ने हुन्छ । हाल ड्रग्सको पैmलँदो ट्रेन्ड हेर्दा हामीले बेलैमा थप ध्यान दिनुपर्ने अवस्था छ । प्रहरी र नार्कोनन् नेपालले अघि बढाएको यो अभियान सबै नेपाली परिवारलाई ड्रग्सबाट बचाउनका लागि अघि सारिएकाले यसलाई सफल पार्न हरेक स्थानका दाजुभाइ तथा दिदीबहिनीले सहभागितासमेत जनाइदिन हार्दिक अनुरोध गर्दछु । –नविन उप्रेती