भिजन हुनेलार्इ बेलायती नेपालीले साथ दिन्छन् : हिराधन रार्इ

भिजन हुनेलार्इ बेलायती नेपालीले साथ दिन्छन् : हिराधन रार्इ


hiगैरअावासीय नेपाली संघ बेलायतकाे उपाध्यक्ष भू.पू गुर्खा हिराधन रार्इ विभिन्न पेशासँग अावद्ध छन् । अार्मी जीवनमा तेक्वान्दाे खेलका प्रशिक्षकसमेत रहेका रार्इले अाफ्नाे अनुशासन र नेतृत्वकाे अनुभवलार्इ संस्थाकाे विकासमा लगाउने बताउँदछन् । भर्खरै नेपालमा गएकाे भूकम्पमा बेलायतमा नेपाल भूकम्प अापतकालीन अभियानकाे संयाेजक भर्इ नेपाल गएर १०,००० के.जी सहयाेग सामांग्री वितरण गरेकाे अनुभवलार्इ सगर्व बताउने रार्इ अाफ्नी श्रीमतीसँगकाे नामकाे अर्थात् राजिहिरा फाउण्डेसनकाे तर्फबाट सिन्धुपाल्चाेककाे दुर्गम इचाेक क्षेत्रमा पुगेर सामांग्रीहरू वितरण गर्नुका साथै चेन्ज फर हेल्थ नेपालसँग मिलेर संयुक्त रूपमा स्वास्थ सेवा शिविर सञ्चालन गरेकाे अनुभवलार्इ एनअारएनए यूकेकाे नेतृत्व गर्ने क्रममा उपयाेग गर्ने बताउँदछन् । बेलायती गैरअावासीय नेपाली संघमा अाधा दर्जन प्रत्यासीहरू भए तापनि अाफ्नाे सीधा प्रतिस्पर्धा अध्यक्ष पदकै प्रत्यासी मुछेत्र गु्रूङसँग रहेकाे बताउने रार्इले भर्खरै सार्वजनिक रूपमा अाफ्नाे घाेषणा पत्रसहितकाे भेला गरेर अाफ्नाे उमेदबारीलार्इ अाधिकारिकता दिएका छन्, त्यसै क्रममा उनीसँग मेराेयूकेले अन्तरवार्ता गरेकाे थियाे ।

०० अाखिर तपार्इ पनि अन्य अाधार दर्जनहरूसँगै गैरअावासीय नेपाली संघ बेलायतकाे अध्यक्षमा उमेदबारी दिनुभएछ, अन्यले संस्थालार्इ राम्ररी हाँक्न सक्दैनन् भन्ने तपार्इंलार्इ लागेकाे हाे कि, तपार्इंलार्इ उपाध्यक्षबाट एक तह माथि जाने मात्रैका रहर हाे ?

हाेइन, त्यसाे त । उपाध्यक्ष पदमा रहेर दुर्इ दुर्इ जना अध्यक्षहरूसँग मिलेर काम गर्दाकाे अनुभव भन्नुपर्छ, जसले मलार्इ संस्थालार्इ राम्ररी चलाउन सकिन्छ भन्ने लागेर र खासगरी बेलायतमा संस्थाकाे अवस्था नाजुक भएकाेले नै सबैलार्इ एकत्रित गरेर लान सक्छु भन्ने लागेर मैले अध्यक्ष पदकाे लागि अाफ्नाे उमेदबारी दिएकाे हुँ । दुर्इ वर्षसम्म उपाध्यक्ष भएर काम गरेकाेले नै यसलार्इ कसरी राम्राे बनाउन सकिन्छ भन्ने ज्यादा बुझेकाेले अन्यले भन्दा म संस्थालार्इ राम्राे पार्न सक्छु भन्ने लागेकाे छ ।

०० तपार्इँ याेगेन्द्र क्षेत्रीकाे अध्यक्षताकाे कार्य समितिमा पनि उपाध्यक्ष र त्यसमाथि क्षेत्रीकाे नजिक, यता महेन्द्र कँडेलकाे पालामा पनि उपाध्यक्षकै पद र त्यसमाथि उनकाे पनि नजिक, कसरी ? तपार्इँ अाफ्नाे फाइदा राम्ररी हेर्नु हुँदाे रहेछ, हाेइन त? उपाध्यक्ष भएर क्षेत्रीकाे साथमा रहँदा उनकाे कमजाेरी नदेख्नेले कँडेलकाे साथ पाउनासाथ उनकाे कमजाेरी मात्र देख्नुलार्इ के चाल भन्ने हाे ?

मतलवकाे कुरा हाेइन, विचारकाे कुरा हुन्छ । साथमा काम गर्दै जाँदा मान्छेकाे कमजाेरीहरू देखिन्छ । समाजलार्इ एक बनाउने क्रममा अाफ्नाे कति अडानहरूलार्इ बिर्सनुपर्दछ भन्ने याेगेनजीले सम्झनुभएन र मलार्इ त्याे खास मन परेन । महेन्द्र कँडेलमाथि पहिला अन्याय भएकाे हाे, उनकाे पालाे मिचेर यहाँ समाजका केही व्यक्तिहरूले र तत्कालका अध्यक्षले नराम्राे गरेका हुन्, क्षेत्रीलार्इ सपाेर्ट गरेर, तर अहिले मलार्इ लाग्छ, समाजमा यसरी नराम्राे छाप संस्थामा पर्नुमा कँडेलजीकाे कमजाेरी पनि देखेकाे छु, त्यही अनुभवले मलार्इ संस्थाकाे नयाँ कार्यसमिति बनाउने जिम्मा दिन्छ भन्ने ठानेकाे छु । मसँग संस्थाकाे लागि भिजन छ, अन्यसँग छैन ।

०० कस्ताे हाे तपार्इकाे भिजन र त्यसलार्इ कसरी कार्यान्वयन गर्ने साेँच बनाउनु भएकाे छ, यदि तपार्इंकाे जीत भएकाे खण्डमा ?

मेराे भिजन UNITY मा छ । सुन्नुहाेस् है । UNITY भनेकाे एकता हाे, त्यसकाे हरेक अक्षरहरूमा मेराे प्रतिवद्धताका पाेइन्टहरू छन् । जस्तै, U भनेकाे UP END हाे, सबै गूर्खाहरूकाे मागहरूलार्इ साथ दिएर तिनलार्इ एकतामा गाँसी तिनकाे मागलार्इ माथि लैजाने, समान पेन्सनकाे व्यवस्था गराउने अादि । N : Nationality, नेपाली नागरिकताकाे निरन्तरताकाे लागि काम गर्ने, नेपालकाे वर्तमान अवस्थामा बेलायतमा रहेका नेपालीहरूकाे चासाे केन्द्रित गर्ने, I: Initiate अरूलार्इ विभिन्न कामहरूमा, पराेपकारहरूमा प्राेत्साहित गर्ने, जेष्ठ गाेर्खाहरूकाे पाउन्दार सुविधाहरू प्राप्तिकाे लागि अावश्यक कारबाहीलार्इ अगाडि बढाउने, एनअारएनका सदस्यहरूलार्इ कार्ड बनार्इ विभिन्न पसल, रेष्टुरेन्ट तथा अन्य व्यवसायिक छुटकाे लागि प्रयास गर्ने, T: Transparent संस्थामा अन्य संघसंस्थाहरूसँग समन्वय गरेर कार्य गर्ने व्यवस्था मिलाउने, एनअारएनए यूकेमा देखिएकाे अार्थिक हिनामिनामा देखिएकाे पक्षहरूलार्इ निष्पक्ष रूपमा छानविन गरी जितेकाे ६ महिनाभित्र त्यसकाे निचाेड बाहिर ल्याउने, (यसमा भनी हाल्छु, त्याे गर्न नसके अध्यक्ष पदबाट तुरून्तै राजीनामा दिनेछु) र Y: Youth Movement बेलायती नेपाली समाजका युवा पिढींहरूलार्इ सबैतिर परिचालन गर्ने, तिनकाे शिक्षा तथा शीपकाे नेपालमा लगानी गर्ने अादि कामहरू मेराे घाेषणा पत्रमा पनि राखिएका छन् ।

०० त्यसकाे मतलव, तपार्इ वास्तवमा गैरअावासीय नेपाली संघकाे परिभाषालार्इ नै परिमार्जन गर्ने क्रममा हुनुहुन्छ ? याे प्रश्न यसैले हाे कि, मलार्इ जहाँसम्म लागेथ्याे, याे संस्थाले नेपाल र विदेशमा बस्ने गैरअावासीय नेपाली वा त्यहाँका अाप्रवासी नेपाली मूलका नागरिकहरूले अार्जन गरेका पूंजि र हाँसिल गरेका ज्ञानहरूलार्इ नेपालीकरण गराउनका लागि विविध किसिमका बाटाेहरू प्रशस्ती गर्ने काम मुख्य रूपमा गर्दछ ।

त्याे त संस्थाले सँधै नै गरिहाल्छ र गरिरहेकाे छ । बेलायतमा याे संस्थाकाे तर्फबाट सारा नेपालीहरूलार्इ एकत्रित गर्ने हाे भने यहाँ सुहाउने किसिमले मैले माथि भनेकाे जस्तै गरी लाेकल हुनु जरूरी छ । गुर्खाहरूकाे समस्यामा गैरअावासीयले साथ नदिए यत्राे ठूलाे संख्याकाे साथ संस्थाले पाउँदैन । युवाहरूलार्इ सही किसिमले परिचालन गर्न नसके बेलायतबासी नेपालीहरूले अाफ्नाे संस्कृति र परम्पराहरू नै भविष्यमा गुमाउन सक्ने सम्भावना रहन्छ, त्यसैले तिनलार्इ नेपालकाे वर्तमान अावस्थाबारे जानकारी दिने र त्यसमा तिनीहरूलार्इ इन्भल्व बनाउने काम अर्काे मुख्य हाे । जबसम्म गैरअावासीय नागरिक वा नागिरकतामा कुनै इन्सेन्टिभ हुँदैन, तबसम्म त्यसमा यसप्रति अाम चासाे बढाउन सकिँदैन, त्यसैले यसकाे लागि विभिन्न प्रकारका छुटहरूकाे कुरा गरेकाे हाे ।

०० तपार्इलार्इ वास्तवमा अहिलेकाे चुनावमा अाफ्नाे जीतकाे भराेसा कति छ र त्यसकाे अाधार के हाे ?

पक्कै पनि मलार्इ मेराे अनुभवकाे, मेराे च्यारिटेबल कामहरूकाे, यसै संस्थामा उपाध्यक्ष भएकाे अवस्थाकाे भराेसा छ मलार्इ मेराे जीतकाे ।

०० तर तपार्इंकाे प्रतिस्पर्धामा त निक्कै सशक्त नामहरू छन् त ? त्यसमा पनि मुख्य रूपमा मूछेत्र गुरूङ त लगभग पक्का जस्तै मानिएका छन् नी ?

हेर्नुस्, तपार्इलार्इ थाहा हुनुपर्छ, अन्तरवार्ताहरूमा सुन्नुभएकाे छ पक्कै नै । उहाँसँग त भिजन नै छैन । संस्थालार्इ कसरी अगाडि लिएर जाने, अाफ्नाे कार्यकालमा कस्ताे गर्ने भन्ने केही कार्यक्रम नै छैन । त्यस्ताे भिजन नै नभएकाे नेतालार्इ बेलायती नेपालीहरूले भाेट देलान् जस्ताे लाग्दैन । जसरी उहाँलार्इ ग्रास रूटमा नै प्रचारप्रसार गरिँदै लगिएकाे छ, म पनि किरात रार्इ यायाेक्खाकाे सदस्य हुँ, हाम्राेमा पनि काम त्यही रूपमा गरिएकाे छ । बरू तपार्इहरू एक सामूहिक रूपमा याे चुनावकाे क्रममा एक वहस राख्नुहाेस् न, अनि हेराैं काे कति जमीनमुनि र काे कति माथि रहेछ ?

०० त्यसकाे मतलव तपार्इंलार्इ रार्इहरूले उठाएका अनि मूछेत्रलार्इ गुरूङहरूले भन्ने हाे ? जातीय स्वरूपकाे संगठन बनाउन थालेकाे हाे कि क्या हाे संस्थालार्इ ?

नाे, नाे । मेराे मतलव त्याे हाेइन । तपार्इंलार्इ क्षेत्री समाजकाे साथ भएकाे जस्तै मलार्इ किरात रार्इ यायाेक्खाकाे अनि मूछेत्रजीलार्इ तमू धिंकाे साथ त पक्कै नै मिल्छ नी, त्याे त स्वभाविक नै हाे । परिवारबाट जीतकाे लागि प्रयासहरू हुनु नाजायज हाेइन । तर मलार्इ रार्इहरूकाे मात्र हाेइन, सबै जातिहरूकाे साथ छ, तिनले मेराे काम र अनुभवका अाधारमा मलार्इ भाेट दिन्छन् भन्ने मलार्इ विश्वास छ ।

०० तपार्इ बाराम्बार अनुभवकाे कुरा गर्नुहुन्छ । मूछेत्र गुरूङसँग बेलायतकाे सबैभन्दा ठूलाे संस्था तमू धींलार्इ सफलतापूर्वक चलाएकाे अनुभव छ, त्याे संस्थामा रहेर गाेर्खा कप अनि नेपाली मेलाकाे सफलतापूर्ण सञ्चालन गरेकाे अनुभव छ । त्याे क्रममा बेलायतस्थित विभिन्न संस्थाहरूका प्रतिनिधहरूसँग हातेमालाे गरेर काम गरेकाे अनुभव छ भन्छन् त उनी ।

हाे, निश्चय नै तमू धीं ठूलाे संस्था हाे र त्याे संस्थालार्इ सबै सदस्यहरूलगायत तमूहरूकाे पूर्ण साथ हुन्छ तर गैरअावासीय नेपाली संघ बेलायतमा त दर्जनाैं अन्य जातजाति, भेषभाषी, क्षेत्र वा समाजका व्यक्तिहरू रहेका छन्, त्याे पक्कै नै तमू समाजभन्दा बेग्लाे हाे । साे संस्थालार्इ चलाउनका लागि भिजन चािहन्छ, यसै संस्थामा लागेकाहरूका अनुभवहरू चाहिन्छ भन्ने मलार्इ लाग्दछ ।

०० अन्त्यमा, भविष्यमा मिलेर जाने सम्भावना कत्तिकाे छ त मूछेत्र गुरूङसँग ?

हेर्नुस्, कसैले अाफ्नाे जातीय संस्थाकाे वा अाफ्नाे समाजकाे धाक लगाएर मिल्नकाे लागि भन्याे भने ज्यानकाटे मिलिँदैन तर बेलायती नेपाली समाजकाे लागि, गैरअवासीय नेपाली संघकाे लागि राम्राे प्रस्तावसहित कन्भिन्स गरे मिल्न सकिन्छ । अाखिरमा हामीले केही लिनका लािग समाजमा अाएका हाेइनाैं, दिनका लागि अाउनेहरूका लागि बाटाे जताततै खुल्ला हुन्छ भन्ने मेराे विश्वास छ ।

०० मेराे यूकेकाे तर्फबाट बेलायतबासी नेपालीहरूलार्इ के भन्न चाहानुहुन्छ ?

मेरा दाजुभाइ दिदीबहिनी तथा अामाबाबाहरू, तपार्इहरूकाे समस्यामा अावाज दिनकाे लागि, मेराे अनुभव तथा मेराे च्यारिटेबल ब्याकग्राउण्डलार्इ नजर राखेर मलार्इ भाेट दिन हुन अाग्रह गर्दछु । समाजमा एकताकाे अवस्थालार्इ स्थाइ राख्नका लागि मेराे UNITY काे मर्मलार्इ बुझिदिनहुन अनुराेध गर्दछु । हामी मिलेर बसी नेपाल अामालार्इ सम्वृद्ध राख्न एक जुट हुनुपर्दछ ।