वर्षेपानी सङ्कलन-बमप्रसाद श्रेष्ठ

वर्षेपानी सङ्कलन-बमप्रसाद श्रेष्ठ


[उपत्यकाका लागि बहुउद्देश्यीय उपादेयता]
करिब ३५/३६ वर्षअघिदेखि उपत्यकावासी खानेपानीको कहालीलाग्दो मार खेपिरहेका छन् । पानी नपाउने समस्याका अतिरिक्त अब त जडान गरेका पाइप नै खिया परेर भाँचिन थाले । यसो भए तापनि पञ्चायती व्यवस्थादेखि हालसम्मका कुनै पनि पार्टी या पार्टीनेताहरूले यो समस्यालाई गम्भीरताका साथ लिएनन् । प्रत्येकले यो समस्या या जनताको आवाजलाई एक कानले सुन्ने र अर्को कानले उडाउने गरे, यो क्रम हालसम्म पनि यथावत् नै छ । अनि भाषण गर्दाचाहिँ हामी जनताका लागि मरिमेटेका छौँ भन्न उनीहरू लाज मान्दैनन् । पञ्चायतकाल त जनताको सरकार नभएकोले निरङ्कुश नै मानौँ, तर प्रजातन्त्र या लोकतन्त्र र अब आएर गणतन्त्रमा पनि नेताहरू काकाकुल जनताको व्यथा किन बुझ्दैनन् – जनताको समस्या राष्ट्रकै समस्या होइन र – कराउँदा-कराउँदा बल्लतल्ल सुरु भएको ‘मेलम्ची’ प्रोजेक्ट पनि २० वर्ष उमेरको भइसक्यो । उक्त प्रेजेक्टमा करिब ५ अर्बजति खर्च भइसक्दा पनि प्रोजेक्ट-साइटसम्म पनि सडक बनिसकेको छैन । हुँदा-हुँदा यसै वर्षमा प्रधानमन्त्री माधव नेपालले उक्त प्रोजेक्टका लागि आवश्यक सुरुङ निर्माणकार्यको उद्घाटन गरे पनि जुन जिल्लाबाट उत्तर २८ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने हो त्यहाँबाट नगरी छलछामपूर्ण तवरले काठमाडौंबाट सुरु गर्न लागेको विरोधमा उक्त उद्घाटन गरेको स्थल नै बन्द गरी प्रोजेक्टको कार्यालयमै ताला लगाएको सुन्नमा आएको छ ।
यसरी उपत्यकाको खानेपानी समस्या मेलम्चीबाट पर्ूर्ति गर्ने कुरो एक मृणतृष्णा हुन पुगेको छ । उपत्यकावासीले अझै १० वर्ष कुर्दा पनि त्यो पानी आइपुग्ने कुरा शङ्काकै घेरामा छ । यसका लागि तत्काल आपर्ूर्ति गरी उपत्यकावासीलाई खानेपानीको राहत उपलब्ध गराउन यस पङ्क्तिकारले विभिन्न पत्र-पत्रिकाबाट वर्षेबाढीलाई सङ्कलन गरी तुरुन्त १/२ वर्षमै हाल आपर्ूर्ति गर्न कमी भएको परिमाणको पानी उपलब्ध गराउन सकिने कुरो प्रकाशित गरेकालाई कसैले पनि वास्ता नगरी केवल मेलम्चीको पानीको मालाजपाइले हाल उपत्यकाको बढ्दो जनसङ्ख्या काकाकुल अवस्थामा रहेका छन् जो प्रशासकहरूलाई ठुलो चोट पुर्‍याउने अवस्था हो यदि प्रशासकहरू संवेदन भई समस्या बुझ्न चाहेको खण्डमा ।
मुख्य-मुख्य उपादेयताहरू
१. आपूर्ति हुन नसकेको पानी १/२ वर्षमै भरताल गर्न सकिने भएकोले मेलम्चीको आस गरिरहनु नपर्ने ।
२. यो सङ्कलन गर्न विभिन्न ठाउँमा ड्यामहरू निर्माण गरी ठूला-साना तालहरूको निर्माण गरेर उपत्यकाका बिग्रिएका ढलको समस्यालाई पनि समाधान गर्न सकिने ।
३. ठूला-ठूला ड्याम निर्माण गरी सङ्कलित पानीबाट खानेपानी र ढल निकासका लागि प्रयोग गरेर पनि विद्युत् उत्पादन गर्न पनि सकिने हुँदा जलविद्युत् परियोजनाका लागि पनि प्रयोग गर्न सकिन्छ ।
४. कृृत्रिम रूपमा वनेका तालहरूलाई मोनरञ्जनका लागि पनि प्रयोग गर्न सकिन्छ जस्तो बोटिङ, हाउस बोटिङ को व्यवस्थासमेत त्यहाँ सञ्चालन गर्न सकिन्छ ।
५. उपरोक्त ४ बुँदामा लेखिएका कार्यहरूको सञ्चालनको अतिरिक्त अदृश्य रूपमा फाइदा पुर्‍याउने कुरोचाहिँ सङ्कलित पानीका ताल वा पोखरीहरूबाट लिन सकिने अति महत्त्वपूर्ण कामचाहिँ हो यी तालहरूमा सङ्कलित पानीबाट अहोरात्र जमिनमुनि पानी सिपेज ९कभभउबनभ० हुने गरेकाले आजको उपत्यकाको नयाँ विकास कार्य हो- च्याउ उम्रेसरि उति दु्रतगतिमा निर्माण हुने गरेका एपार्टमेन्टहरूमा उपलब्ध गराउने पानी जो ८/१० इञ्चको पाइपसमेत राखी बोरिङ गरी अण्डरग्राउण्ड धबतभच पानी आपर्ूर्ति गरिँदै छ जुन पानीले हामी बसेको, खेलेको, घर बनाएको जमिन जो एक त यो उपत्यका एक समयमा ठूलो तालको रूपमा थियो रे र कालान्तरमा त्यो पानी ड्रेन गरी उपत्यकामा जलको सट्टा स्थलमा परिणत गरेका र यो स्थल बनेको माटो अरू पहाडी गाउँहरूजस्ता माटो, ढुङ्गा, बालुवा र गेग्रान मिश्रति माटो नभई यो एकप्रकारको लिसाइलो माटो र कालोमाटो बनेको छ जसलाई गलमभचनचयगलम धबतभच ले माथितर्फ ठेलेकोले यो हाम्रो सहर रहेको जमिन अडिइरहेको छ । तर, यदि यो माटोलाई ठेल्ने पानीलाई खलबल्याए अथवा प्रचुर मात्रामा झिकेमा त्यो ठाउँ खाली भई जमिनलाई ठेल्ने अरू पदार्थ हँुदैन र कालान्तरमा गई सहर रहेको कुनै पनि भाग भासिन सक्छ जो एकपटक रुसमा घटेको घटना हो । त्यसबारेमा यो लेखकले गत महिनामा विमोचन पत्रिकाको पाना ३५ मा ‘अव्यवस्थित राजधानी उपत्यका’ नामबाट र घटना र विचारको अङ्क ४३, २०६६ वैशाख १५ गते प्रकाशित पत्रिकाबाट ‘यसरी भुइँचालो बोलाउँदै छ राजधानी’ शीर्षकबाट सर्वसाधारण र सम्बन्धित नगरपालिका, महानगरपालिकाहरू, विभाग, संस्थान र सरकारलाई पनि च्याउ उम्रे जस्तोगरी निर्माण गरेका र भविष्यमा निर्माण गरिने अपार्टमेण्टहरूबाट हुने खतराबाट जोगिन यो लेखकले सजग गराउन चाहेको कुरोलाई मनन् गरी उपरोक्त पत्रिकाहरू एकपटक हेरी आफ्नो धारणा तय गर्नुभए लेखकलाई सान्त्वना मिल्ने थियो ।
अतः यो वर्षेबाढी सङ्कलन गर्दा उपरोक्त उपलब्धहरू हासिल गरी खानेपानी ढल निकास, विद्युत् उत्पादनका अतिरिक्त सङ्कलन भएमा कृत्रिम तालहरूबाट अहोरात्र सिपेज भएको पानीले उपरोक्त अपार्टमेन्टका लागि क्गउउथि गरेका पानीबाट खाली हुन लागेको अण्डरग्राउण्ड वाटरमा पानी सिपाजबाट आपर्ूर्ति हुने भएकाले सहर भासिने दुर्घटनाबाट समेत बचाउन सकिनेछ जो मेलम्चीबाट ल्याइएको पानीबाट सम्भव छैन किनकि त्यहाँबाट ल्याइएको पानीलाई यति धेरै उपयोग गर्न सकिँदैन किनकि उक्त मेलम्चीबाट ल्याइएको पानीबाट उपत्यकामा वर्षेबाढी सङ्कलनबाट बनाइने कृत्रिम ताल पोखरीजस्तो ठूलो ताल बनाउन सकिँदैन । त्यो पानी त पाइपमा आउँछ, पाइपबाटै बगेर खोलामा गई धेरै काम कभभउबनभ भई उपत्यका बाहिरिन्छ । त्यसकारण यो वर्षे सङ्कलन जतिसक्दो छिट्टो यसै वर्षको राष्ट्रिय बजेटमा प्रावधान राखी सञ्चालन गर्न नगरपालिका, महानगरपालिका, उपमहानगरपालिका र खानेपानी संस्थानले गरे अति उपादेयता र बुद्धिमान हुने ठहर्छ । -लेखक जलाधार क्षेत्र विकासविज्ञ हुन् ।)