ग्रेटर रशमोर नेप्लिज कम्युनिटिमा नयाँ नेतृत्व, अाेम प्रसाद थापा नयाँ अध्यक्ष

ग्रेटर रशमोर नेप्लिज कम्युनिटिमा नयाँ नेतृत्व, अाेम प्रसाद थापा नयाँ अध्यक्ष


RUSHMOORलन्डन । हिजाे अाइतबार, फार्नबाेराेहमा भएकाे ग्रेटर रशमाेर नेपलिज कम्युनिटिकाे बाह्राैं अधिवेशनमा निर्विराेध रूपमा दुर्इ उपाध्यक्ष मध्यका एक उपाध्यक्ष अाेमप्रसाद थापा नयाँ अध्यक्षका रूपमा चुनिएका छन् । अर्का उपाध्यक्ष जीव वेलबासे याेपालि अध्यक्ष चुनिने हल्ला ज्यादा चलेकाे भए तापनि अन्त्यमा सहमतिकै अाधारमा लगातार चार वर्षसम्म उपाध्यक्ष चुनिएका थापाले नयाँ कार्यकारी समितिकाे नेतृत्व गर्ने भएका छन् ।

1212ओकफार्म कम्युनिटि हलमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा जीव बेल्वासे, महिला उपाध्यक्ष छवि माया पुन, उपाध्यक्ष रामधन राई, महासचिव रन्जिता मल्ल, सचिव वीर बलाल, कोषाध्यक्ष भक्तबहादुर क्षेत्री र सहकोषाध्यक्षमा अमर मल्ललाई चयन गरेको छ । महिला सेक्रेटरीमा शेष पल्ली, नयां युवा संयोजक वसन्त लक्सम्बा र प्रवक्ता एवं पव्लिक रिलेसन (पीआर) मा मान गुरुङ छानिएका छन् ।

1313बन्द सत्र अघि अध्यक्ष मेजर रि.टिकेन्द्रदल देवानको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव रोहित गुरुङको वार्षिक र कोषाध्यक्ष रामधन राईको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । साे अधिवेशनका लागि एकेन्द्र गुरुङ निर्वाचन प्रमुख र निर्वाचन मण्डलमा मेजर रि. सूर्य उपाध्याय, मेजर रि. कुलबहादुर थापा र क्याप्टेन तीर्थमान गुरुङ थिए । एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ, एनआरएनए आर्इसीसी सल्लाहकार मेजर रि. डमर घले, शेर बहादुर सुनार, थर्क सेन र पदमबहादुर राईलाई पर्यवेक्षकको जिम्मेवारी दिइएको थियो ।
14314
top photo souce- Rushmoor Nepalese Community