गलत हल्ला फैलाउनेको भलो हुँदैन-राजन घिमिरे

गलत हल्ला फैलाउनेको भलो हुँदैन-राजन घिमिरे


मोडलिङबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् युना उप्रेती । निर्देशक दीपक श्रेष्ठलाई आफ्नो गड फादर मान्ने युना समय-समयमा निर्देशकसँग आफ्नो नाम मुछिएर बजारमा चल्ने गरेको नकारात्मक कुराहरूको बारेमा गलत चर्चा भइरहेको दाबी गरि्छन् ।
० युनाको नाम किन निर्देशक दीपक श्रेष्ठसँग बारम्बार मुछिने गर्छ ?
– म आफैंलाई पनि थाहा छैन । कोही कसैसँग नजिक हुँदैमा किन गलत अर्थ लगाउँछन् र गलत नजरले मात्र हेर्ने गर्छन् ।
० यसको असर पनि पर्ला नि त ?
– पर्ला मात्र होइन, परिरहेकै छ नि । त्यसैले पवित्र उद्देश्य बोकेर सिनेमा क्षेत्रमा आउनेहरूमाथि गलत नजरले हेरेपछि फरक क्षेत्र र विधामा लागेकाहरू नेपाली चलचित्रप्रति झुकाव राखेर आउन सकिरहेका छैनन् ।
० त्यस्ता गलत संस्कार भित्र्याउने र गलत कुरा सोच्नेहरूलाई के भन्नुहुन्छ त ?
– भनेर लाग्ने भयो पो भन्नु । त्यसो त, मान्छेले कस्तो संस्कार पाएको छ र ऊ कस्तो परिवेशमा हुर्केको छ त्यस्ता कुराले पनि मँन्छेको सोचमा असर पार्छ । मेरो र निर्देशक दीपक श्रेष्ठबीच गलत हल्ला फैलाउनेको जिन्दगीभर भलो हुँदैन । अब यस्ता हल्ला चलाउनेको गाला चड्काउनुपर्छ ।
० अब अलि रोमान्टिक कुरा गरौँ । केटाको अङ्ग बन्न पाए कुन अङ्ग बन्न
चाहनुहुन्थ्यो त ?
– मुटु बन्न चाहन्थेँ ।
० मुटु नै किन नि ?
– मुटु नै किनकि, केटालाई आफ्नो वशमा राख्न सकिन्थ्यो नि होइन र – हा…हा…हा… ।
० कस्तो केटाले तपार्इंलाई आकरि्षत गर्न सक्छ त ?
– पढेलेखेको । कुरा बुझने अनि नेपाली महिलाका मर्का, पिर व्यथा बुझिदिने ।
० त्यस्तो केटाको खोजीमा हो कि पाइसकियो ?
– यो कुरालाई अगाडि नबढाउने कि ।
० एउटा कुरा मात्र माग म बरदान दिन्छु भनेर भगवान् प्रकट भएमा के माग्नुहुन्थ्यो ?
– मेरो विचारमा अहिले भगवान्ले दिने कुरा केही पनि छैन । भगवान्लाई नै नपुगिरहेको अवस्थामा भगवान्ले के देलान् खै ?
० तपाईंलाई नेपाली समाजको लाज लाग्ने कुरा ?
– हाम्रो समाज देखेर अनि पढेलेखेको भन्ने तर परिवारभित्रै कैद हुँदा आफ्नो संस्कृति जोगिएको ठान्ने हाम्रो दिदीबहिनीहरूको अवस्था देखेर ।

तपाईं पनि हेर्ने कि नीलो चलचित्र ?
नीलो चलचित्र हेर्ने त के यस्ता सिनेमाहरूका बारेमा कुरा गर्न पनि मानिसहरू डराउँछन् । थुप्रै मुलुकमा नीलो (ब्ल्यू) फिल्मको सुटिङ अनि प्रदर्शन लुकीलुकी गरिने गरिएको छ भने यस्ता चलचित्रहरूको प्रदर्शनमाथि सरकारले नै रोक लगाउने गरेको छ । तर यो मामिलामा भने जापानले उदार र समयअनुसार चल्ने मुलुकको रूपमा आफूलाई उभ्याएको छ ।
जापानमा नीलो -ब्ल्यू) चलचित्र हेर्न कुनै नौलो र आश्चर्यजनक कुरा होइन । यदि जापानमा बस्ने नागरिकहरूलाई यस्तो सिनेमा घरमा नै हेर्ने इच्छा लाग्यो भने उनीहरूको घरको ढोकामा नै यस्ता चलचित्रसम्बन्धी प्रचार सामग्रीहरू आउने गर्छन् । त्यसो त यस्तो चलचित्रहरूको प्रचारप्रसार सार्वजनिक स्थान र सञ्चारमाध्यमबाट गर्न नमिल्ने कारणले गर्दा यस्ता सिनेमाको निर्माता, निर्देशकहरूले सस्तो र भरपर्दो प्रचारप्रसारको जुक्ति निकालेका हुन् । यस्ता चलचित्रहरूको प्रचार सामग्रीमा यो कलाकारले अभिनय गरेको नीलो -ब्ल्यू) चलचित्र बजारमा आएको छ र यसको मूल्य यति पर्छ भनेरसमेत लेखिएको हुन्छ । बकाइदा यस्तो चलचित्रमा अभिनय गर्ने महिला कलाकारहरूको तस्बिरसमेत त्यस्ता प्रचार सामग्रीमा राखिएका हुन्छन् । बताइएअनुसार यस्तो भूमिकामा अभिनय गर्ने महिला कलाकारहरूको पारिश्रमिक पनि अन्य सिनेमामा अभिनय गर्ने कलाकारहरूको भन्दा कम हुँदैन र समाज र दर्शकमाझ उसको क्रेज पनि अन्य सिनेमाका नायिकहरूको जस्तै हुने गर्छ ।
त्यसो त, यस्ता चलचित्रहरू जापानमा रहेको ठूला-ठूला पुस्तक पसलतिर पनि खुलेआम नै पाउने गरिन्छ तर कानुनी प्रक्रिया अनि तरिका मिलाएर । त्यस्ता पुस्तक पसलभित्र एउटा छुट्टै क्याबिन रहेको हुन्छ र त्यो क्याबिनमा छिर्नुअघि पहिले आफू १८ वर्षभन्दा तल छु कि माथि छु भन्ने कुराको भने हेक्का नै राख्नुपर्छ, किनकि त्यहाँ लेखिएको हुन्छ, ‘१८ वर्ष माथिकालाई मात्र प्रवेश’ । त्यस्ता क्याबिनभित्र छिरेपछि ग्राहकहरूले भनेजस्तो र सोचेजस्तो नीलो -ब्ल्यू) चलचित्र छानीछानी किनेर लैजान सक्छन् । सकेसम्म चलचित्रको प्रचारप्रसार अनि यसको व्यवस्थापन र प्रदर्शनमा जापानीज सरकारले खेलेको भूमिकाप्रति जापानीजहरू मात्र होइनन्, जापानमा बस्ने विदेशीहरू पनि जापान सरकारको खुलेर नै प्रशंसा गर्छन् ।

अब सबै नायिका रेखाकै पछिपछि
अब नेपाली सिनेमाका नायिकाहरूको भाउ बढ्न थालेको छ । तर, यो भाउ भने गलत र नकारात्मक उद्देश्य बोकेको भाउ नभएर पारिश्रमिकको भाउ हो ।
एक समय थियो, राजेश हमालले भन्दा नायिका करिश्मा मानन्धरले बढी पारिश्रमिक लिन्थिन् । यही कारणले करिश्मामो जमानामा नायिकाहरूको वजन, गरिमा र वर्चश्व माथि नै थियो । बीचमा करिश्मा मानन्धरको पलायनसँगै नायिकाहरूलाई दिनुपर्ने पारिश्रमिकमा मात्र कमी आएन कि भूमिका र प्रचारप्रसारमा पनि कमी गरियो । त्यसपछि नायकप्रधान सिनेमाहरूको बाढीसँगै नायिका त सिनेमाहरूमा केवल ‘शो पिस’को रूपमा मात्र प्रस्तुत हुन थाले । जति पारिश्रमिक पाए पनि हात थाप्ने अनि भूमिका के हो वास्तै नगरीकन सिनेमा खेल्नेजस्तो क्यारियर नै डुबाउनेहरूको भीड जमिरहेको अवस्थामा नायिका रेखा थापाले भने आफ्नो अडान यथावत् नै राखेका कारण अहिले आएर उनी आफ्नो अडानमा सफल भएकी देखिएको छ । सिनेमा खेल्ने आशमा ‘नतमस्तक’ समेत भइदिनेहरूको भीडमा ‘हिरोले मात्र किन हामीले पनि डिमान्ड गर्न पाउनुपर्छ’ भन्ने रेखाको अडानले यतिबेला झोक्राएर बसेका अन्य नायिकाहरूले पनि यसको फल चाख्न पाउने भएका छन् ।
गत हप्ता मात्र नायिका रेखा थापाले एउटा निरन्तर रूपमा सिनेमा निर्माण गर्दै आएको ब्यानरको एक सिनेमाका लागि दुई लाखभन्दा माथिको पारिश्रमिक पाउने हस्ताक्षर गरेकी छिन् । यो यतिबेला नेपाली नायिकाहरूले पाउने पारिश्रमिकको ठ्याक्कै दोब्बर हो । अब रेखाले सिनेमा हात परोस् या नपरोस् आफ्नो पारिश्रमिक नघटाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । ‘कथाले मलाई माग्यो भने मैले मागेजति पारिश्रमिक दिन्छन् नत्र भने दिँदैनन् । अब पनि किन गिरेर काम गर्ने,’ रेखाको प्रत्रि्रश्न छ । रेखाको यो प्रतिबद्धता आएपछि अन्य नायिकाहरू पनि रेखाकै सिको गर्दै निर्मातासमक्ष यसो भन्न थालेका छन्, ‘रेखाले त त्यति लिन्छे हामी कि नलिने ?’

जनसाहित्यिक मञ्च, काठमाडौंको नयाँ समिति
राष्ट्रिय जनसांस्कृतिक मञ्चसम्बद्ध ‘जनसाहित्यिक मञ्च’को काठमाडौं जिल्ला समितिको गत आइतबार सम्पन्न प्रथम अधिवेशनले बालमुकुन्द कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा स्वागत नेपाल, सचिवमा रूपक अलङ्कार, सहसचिवमा गीता सापकोटा र कोषाध्यक्षमा पर्शुराम पराजुली छानिएका छन् । त्यसैगरी सदस्यहरूमा नारायण खनाल, गणेशकुमार मिश्र, जय गौडेल, वैरागी जेठा, देवकुमारी लुइँटेल र प्रकाश आस्था रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै मञ्चका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीले मुलुकको सामाजिक रूपान्तरणका लागि स्रष्टाहरूले ‘जनताको बहुदलीय जनवाद’लाई शिरोपर गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो भने सोही अवसरमा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रतिले श्रम र सिल्पको विकासको प्रक्रियामा जनसाहित्यकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको थियो । यसैगरी प्राज्ञ विष्णु प्रभातले सांस्कृतिक रूपान्तरणका लागि दार्शनिक र वैचारिक रूपमा प्रस्टता आउन आवश्यक रहेको जनाउनुभयो । अधिवेशनमा प्राज्ञ बुँद राना, साहित्य सन्ध्याका अध्यक्ष राम विनय, प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद शर्मा ‘प्रदीप’, मञ्चका केन्द्रीय उपाध्यक्ष कमला पराजुली, केन्द्रीय सदस्य तथा आयोजक समितिका संयोजक प्रकाश सिलवाललगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।