क्षेत्रीसमाज बेलायतको बार्षिक साधारण सभा सम्पन्न

क्षेत्रीसमाज बेलायतको बार्षिक साधारण सभा सम्पन्न


05-IMG_0537 लण्डन । क्षेत्री समाज बेलायतले यहीं मार्च २२ तारिख आइतवारका दिन साउथ इष्ट लण्डनको मेरीडाइन स्पोर्ट्स क्लवमा बार्षिक साधारण सभा सम्पन्न गरेकोछ । क्षेत्री समाज बेलायतका अध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्षतामा बसेको उक्त बैठकमा बार्षिक आयव्ययका साथै आउँदा दिनमा गरिने र गर्नुपर्ने सामाजिक क्रियाकलापमाथि प्रकाश पारेको थियो । समाजका अध्यक्ष प्रेम बहादुर खड्का उपाध्यक्ष धन बहादुर कुँवर, महासचिव टेक बहादुर जी.सी. ले समाजमा भएका गतिबिधि तथा क्रियाकलापको बारेमा प्रकाश पार्दै आकस्मिक कोषलाई वृदि गर्नको लागि समाजको सबै क्षेत्रबाट पहल गर्नको लागि सबैसंग आग्रह गरेका थिए । कोषाध्यक्ष भाइराजा थापाले समाजको सम्पूर्ण आयव्यय विवरण प्रस्तुत गर्नुका साथै समाजलाई आर्थिक रुपमा सवल बनाउन आफू कुनै पनि हालतमा पछि नहट्ने र आफ्नो कार्यकालदेखि नै निरन्तर लागिपरेको धारणा उनले ब्यक्त गरेका थिए । सांस्कृतिक सचिव शुश्री सेविका जी.सि.ले बालबालिका तथा युवाबर्गलाई हाम्रो संस्कृति र परम्पराप्रति आकर्षित गराउनुपर्ने र बार्षिक भेटघाटमा त्यस्ता वर्गहरुलाई आकर्षित गर्नु पर्ने उल्लेख गरिन् भने गत बर्षको बार्षिक भेटघाटको पनि समीक्षा गरेकी थिर्इन् । महिला सयोजक श्रीमती अनिता के.सी. ले पनि समाजमा महिलाको योगदान र त्यसमा आफूले खेलेको भूमिकाको बारेमा उल्लेख गरेको थिर्इन् । त्यस्तैगरी समाजकी सदस्य श्रीमती प्रतिमा के.सी. ले एउटा मार्मिक कविता बचन गरेर सुनाएकी थिइन् ।
09-IMG_0541 (1) संस्थाको गतिबिधि तथा खबर प्रवाहको लागि वेबसाइटको महत्वपूर्ण भूमिका भएको हुँदा हाल संचालनमा रहेको वेबसाइटलाई परिस्कृत र परिमार्जित गरी अझ बढी प्रभावकारी बनाउने उद्देश्यले बिजनेस टेनटाकल्समार्फत समाजका सदस्यसमेत रहेका महेन्द्र बिक्रम कुँवरले यसको जिम्मा लिएका छन् । साथै हाल अर्ध-तयारी अवस्थामा रहेको उक्त वेबसाइटको बारेमा सामान्य जानकारी दिनुका साथै समाजबाट सल्लाह र सुझाव समेत लिएका थिए । निकट भविष्यमा चाडै नै उक्त वेबसाइट संचालनमा आउने कुरा उनले बाएका थिए । त्यस्तैगरी संस्थाले गरेका क्रियाकलाप तथा संस्था भित्रका बौद्दिक व्यक्तित्वको सृजनालाई प्रकाशित गर्ने उद्देश्यले प्रत्यक दुई बर्षमा एउटा पुस्तक प्रकाशन गर्ने योजना गरेकोछ । अब प्रकाशित हुने पुस्तक कार्यकारी सदस्य क्या. दीर्घ के.सी. को सयोजकत्वमा प्रकाशनको पहल भइरहेको र आगामी जुलाई ११ को बार्षिक भेटघाटमा प्रकाशित गरिसक्ने लक्ष्य रहेको कुरा पुस्तक प्रकाशन समिति तथा समाजका सल्लाहकारसमेत रहेका डा।रामकुमार अधिकारीले उल्लेख गरेका थिए । बिशेष कारणले गर्दा संयोजक क्या. दीर्घ के.सी.को अनुपस्थिति रहेको हुँदा पुस्तक प्रकाशनबारे बिभिन्न जानकारी गराउनुका साथै इच्छुक ब्यक्तिहरुलाई चांडो भन्दा चांडो आफ्ना लेख रचनाहरु पठाउनसमेत डा. अधिकारीले आग्रह गरेका थिए।
38-IMG_0571 त्यस्तैगरी समाजभित्र वा नेपालमा पनि भैपरी आउने आपद बिपद्लाई मध्यनजर गर्दै समाजका कार्यकारी सदस्य तथा आपतकालीन कोषका सयोजक समेत रहेका तेज रानाभाटले समाजको कोषलाइ वृदि गर्न थुप्रै सराहनीय योगदान गरेका छन् । यसै कोषबाट उठेको रकमबाट नेपालमा बाढी पीडितलाई सहयोग गर्ने क्रममा गत बर्ष १ अक्टोबर २०१४ मा बी.एफ.बी.एस.गोर्खा रेडियो काठमाण्डौमार्फत १०२७ पाउन्ड सहयोग गरेको थियो । गत बर्ष डिसेम्बर १४ मा काठमान्डौकै श्री सत्य शाही केन्द्रिय ट्रष्ट नेपाललाई रु.५०८६२।०० सहयोग गरी उक्त आश्रममा आश्रित बालबालिकाहरुको स्याहार सुसार र स्वास्थ्य शिक्ष्यामा सहयोग पुर्याएको थियो । उक्त संस्थाले १०० जना बालबालिकाहरुको स्याहार सुसार गर्दै आइरहेकोछ । भविष्यमा पनि यस्तै सहयोग गर्दै अगाडि बढ्ने र क्षेत्री समाज बेलायतलाई च्यारिटी संस्थाको रुपमा दर्ता गर्ने तयारी पनि भैरहेकोछ ।
44-IMG_0577 अन्तमा सबै एरिया कमिटिका सयोजकहरुले समाजप्रति आफूले गरेका योगदान र भूमिकाको बारेमा उल्लेख गरेका थिए भने भविष्यमा पनि विभिन्न कार्यक्रम गर्दै जाने योजना रहेको बताएका थिए । समाज बिस्तार र सामाजिक गतिविधिलाई अगाडि बढाउने उद्देश्यले विभिन्न क्षेत्रहरुमा एरिया कमिटिको गठन समाजले गरेको हो ।