ब्राह्मणले के त्याग गरे र मूल्य खोजेको ?

ब्राह्मणले के त्याग गरे र मूल्य खोजेको ?


चैत ४ गते एक दैनिकमा ‘ब्राह्मणको त्यागको मूल्य कता गयो ?’ शीर्षकमा एउटा लेख प्रकाशित भएको रहेछ । उक्त लेखको पहिलो परिच्छेदमै लेखकले आफूलाई कतैबाट पनि छिटा नपरोस् भन्ने आशय राखी जातीय छाता ओढेर एक जात (ब्राह्मण)को वकालत गरेको अनुभूति भएपछि त्यसबारे केही कोर्ने जमर्को गरेकी छु । निष्पक्ष रूपमा सबै विचारलाई स्थान दिँदै आएको ‘घटना र विचार’ साप्ताहिकले यस लेखोटलाई स्थान दिने आशा राखेकी छु ।
लेखकले आफ्नो रचनामा ‘ब्राह्मणले शास्त्र बनायो, आचरण बनायो, धन सङ्ग्रह गर्न भनेनन्’ भन्ने उल्लेख गरेका छन् । यो पढ्दा लेखक दुनियाँबाट टाढा बसेर यो समाजलाई लबस्तरो भई हेरेका रहेछन् जस्तो लाग्छ । शास्त्र वैदिक कालदेखि बनेको हो, अहिले कसैले ल्याएर तेस्र्याएको होइन । आचणको कुरा गर्ने हो भने अहिलेको जस्तो भ्रष्ट आचरण पहिला छँदै थिएन । पहिले आफूले कमाएको धन अर्को पुस्तासम्म पुगोस् भन्ने थियो तर अहिलेका जो–जो वरिष्ठ छन् तिनले आफ्ना सातपुस्तालाई मनग्य पुग्ने सम्पत्ति जोडेका छन् । राज्य राम्रो सञ्चालन गर्नुपर्छ भन्ने र सत्ता नछोडेर बाहिर झगडा गरेजस्तो देखाउने अनि आफैं वरिपरि ‘म्युजिकल चेयर’ खेलिरहने चाल चलेको र संविधान आएपछि आफ्नो स्थान हराउला भनि संविधान नै नबनाउने चाल पनि यथार्थमा ब्राह्मणहरू नै चल्दै छन् । ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र भनी चार जातको भागबण्डा ब्राह्मणहरूले नै गरे र आफूहरूलाई उच्च स्थानमा आफैंले राखे । ब्राह्मणको वाक्य शुद्व हुन्छ भन्दै जसले जे बोले पनि हुन्छ भन्ने छुट दिए । यसको अर्थ ब्राह्मणले जे बोले पनि हुने हो ?
जयस्थिति मल्ललाई जातीय मर्यादाको व्यवस्था गर्न पाँचजना पण्डितहरूले सहयोग गरेका थिए । ती हुन्– कीर्तिनाथ, रघुनाथ रामनाथ (मैथली), श्रीनाथ भट्ट, महिनाथ भट्ट (जो दक्षिण भारतबाट बोलाइएका थिए) । विश्वामित्र क्षेत्रीय हुन् तर उनको बुद्धि र विवेक कुनै कथित ब्राह्मणको भन्दा कम थिएन, त्यसैले ब्राह्मणले उनलाई ब्राह्मण वर्णमा लिए । वाल्मीकि वैश्य हुन्, उनको विद्वताको कारणले उनलाई पनि ब्राह्मण श्रेणीमा थपे । यी दुवै महान् व्यक्ति कोभन्दा कम छन् ? लेखकले ‘म ब्राह्मणलाई उक्साउने हैन’ भनी सुरुमा भने पनि जतिबेला पनि ब्राह्मणबाहेक अरू जातको नामै लिएका छैनन् । कि त्यतिबेला ब्राह्मणबाहेक अरू कुनै जातले राजा र राज्यलाई सहयोग र योगदान पु-याएकै थिएन ?
१९९७ सालको राणाविरोधी आन्दोलनमा स्व. टंकप्रसाद, गणेशमान सिंह, गंगालाल, हरिकृष्ण श्रेष्ठ आदिले राणाविरोधी केही कार्य गरेनन् ? निष्ठावान देशप्रेमी र देशभक्तका रूपमा कृष्णप्रसाद कोइराला, दशरथ चन्द शुक्रराज (मल्ल) शास्त्री, धर्मभक्त माथेमा गंगालाल श्रेष्ठलाई कहिल्यै पनि बिर्सनुहुँदैन । यिनै चार–पाँचजनाबाहेक अरूलाई सितिमिति सहिद भन्न मिल्दैन । तर, आजभोलि मोटरले किचेर मरेको अनि बलात्कार काण्डमा परेकालाई समेत सहिद घोषणा गर्ने चलन आएको छ ।
भण्डारखाल काण्डको रहस्यबारे जंगबहादुरलाई खुलाइदिएको कारणले विजयराज र उनका सन्तान–दरसन्तानलाई राजगुरुको पद जंगबहादुरले मुआब्जा दिए । पण्डित्याइँले पद पाएको होइन । अहिले अन्य जातले दुःख गरेबापत, दुःख पाएबापत सरकारले दिएको वचनको पनि मुआब्जा लिन बन्द–हडताल गर्नुपर्छ । तर, ब्राह्मणले दुःख गरेबापत प्रधानमन्त्री उपप्रधानमन्त्री, गृहमन्त्री र रक्षामन्त्री पाउँछन् । के यी पदहरूले क्षतिपूर्ति हुँदैन र ? क्षतिपूर्तिको सट्टा त्याग गरेको कुरा मात्र किन आउँछ ?
टंकप्रसाद र मनमोहन अधिकारीले क्षतिपूर्ति मागेनन् रे † तर, सहिद गंगालाल र स्व. पुष्पलाल जो दाजुभाइ हुन्, कसले उनीहरूलाई कस्तो क्षतिपूर्ति गरे ? सहाना प्रधान आफ्नै बलबुताले उपप्रधानमन्त्रीसम्म भइन् कि पतिको नाताले ? सहिद गंगालालकी पत्नी स्व. हसिनादेवीलाई कस्तो क्षतिपूर्ति गरे ? पतिलाई झुण्डाएपछि जन्मेको छोरालाई कुन पार्टीले हे-यो ? बालकलाई एउटा स्कलरसिपसम्मको व्यवस्था गरेनन् । कस्तो दुःख पायो भनी कसैले हेरे ? क्षतिपूर्ति दिए ? दिएनन् । स्व. टंकप्रसाद आचार्यले प्रधानमन्त्रीको पद पाए के उहाँका लागि यो मुआब्जा होइन ? त्यस्तै स्व. मनमोहन अधिकारीले पाएको प्रधानमन्त्री उहाँको वर्णले पाएको क्षतिपूर्ति होइन ? त्यतिबेला उहाँलाई भजाएर सबैले मोज गरेको बिर्सिए ? स्व. मदन भण्डारीको नाममा विद्या भण्डारीले के–के पाइन् ? अब के मुआब्जा पाउन बाँकी छ । लेखकले बुझ्नुपर्ने हो । अहिले माओवादी नेताहरू जो (९९ प्रतिशत) ब्राह्मणहरूले सङ्घर्षको समयमा १६ हजार मान्छे मारेर पनि सजाय नपाउनु भनेको आममाफी मुआब्जा होइन ? प्रमाणका लागि बालकृष्ण ढुङ्गेल हत्याको अभियोगमा जन्मकैदको सजाय सुनाएपछि पनि मुआब्जास्वरूप सभासद्को बिल्ला लगाएर घुमिरहेका छन् । के उनी ब्राह्मण भएर होइन ? अब यस्तै हो भने स्व. गीता ढकालका पति रञ्जन कोइरालालाई डीआईजीको पद मुआब्जा दिएर राखे हुन्छ । किनभने शास्त्रमा ब्राह्मणको वाक्य र आचरण शुद्ध हुन्छ भनिएको छ । के यही हो शुद्धताको परिभाषा ?
ब्राह्मण चतुर होइन धूर्त जातमा पर्छ । जसको आफ्नो उत्पत्तिको थलो छैन । इतिहास पल्टाएर हेरी आ–आफ्नो थलोबाट प्रतिनिधित्व गर्न वा संविधानमा आउन माथि भनेजस्तै कुन थलो देखाउने ? यस्तै–यस्तै कुराले गर्दा संविधान नबनाई अलमल्याउन चतुर बुद्धि लगाउँदै छन् । थलोको ठेकान नभएकोले लुटको खेतीमा संलग्न छन् अहिले यिनीहरू । ‘काग’ धेरै चलाख पक्षी हो तर रंगको पहिचान गर्न नसकेको कारणले सुकेको ‘गुहु’मा चुचो लगाउँछ ।
स्व. विश्वेश्वरप्रसाददेखि अहिलेसम्मका ब्राह्मण प्रधानमन्त्रीहरूको मन्त्रिमण्डलमा सबै जातको प्रतिनिधित्व भएको भन्ने मनसाय बुझियो । के यो देश ब्राह्मणको मात्र हो जसको निगाहले अरू जातले पद पाउने ? जसको उत्पत्तिको थलो छैन उसैको ठूलो निगाह कसरी ? उसको ‘ओरिजन’ कता हो ? पश्चिमाञ्चल राई र लिम्बूको, मध्यमाञ्चल नेवारको, ब्राह्मणको थलो कता हो ? कहाँबाट आएर अब कता लाग्नुपर्ने हो ?
स्व. कृष्णप्रसाद र विश्वेश्वरप्रसाद देशभक्त र सुरा व्यक्ति हुन् । उहाँहरूको नाम भजाएर अरूले खाए भने भन्नु केही छैन । जसरी भगवान् बुद्धको नाम भजाएर अहिले नेपालले पिण्डपात्र थापी मागी खाएको छ । निष्ठावान र देशभक्तको रूपमा चिनिनेहरूमध्ये कृष्णप्रसाद कोइराला पनि हुन् । उनको त्यागलाई कदर गरी मुलुकले उनका तीन भाइ छोरालाई प्रधानमन्त्री बनाई मुआब्जा दिएको छ । तर, गंगालाल, दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्तका छोरा र श्रीमतीहरूले के मुआब्जा पाए ? के यिनीहरूको त्याग कृष्णप्रसादको भन्दा कम थियो ? के यिनीहरू अन्य जात भएकाले यिनीहरूलाई राणा यज्ञकुण्डमा होम गरी ब्राह्मण जातले शासन हत्याउन खोजेको होइन भन्ने प्रमाण कहाँबाट लिन सकिन्छ ? हालको परिस्थतिमा पनि मुकेश कायस्थहरूजस्ता जिउँदा लास र मरेका सहिद हुनेहरूलाई युद्धको नाममा अथवा स्वतन्त्रता र लोकतन्त्रता वा गणतन्त्रका नाममा होम गरेर कुन जातले शासन गरिरहेका छन् ? के यिनीहरूको रगत–पसिना कृष्णप्रसाद कोइरालाको भन्दा कम मूल्यका छन् ? कि वादलाई अगाडि बढाई देखावटी झगडा गरेजस्तो गरी ‘काले–काले मिलेर खाउँ भाले’ उक्तिलाई सार्थक तुल्याइँदै छ ? राणाहरूले मुलुकलाई चौपट्ट पारे भन्नेहरूले, हजारौँ सोझासाझा जनताको बलि दिएर सत्ता हत्याउनेहरूले मुलुकलाई नै बिक्री गरी अकुत सम्पत्ति विदेशमा राखेर मुलुकलाई खोक्रो बनाई आफ्ना सन्तानलाई विदेशमा लगी विदेश आवाद गर्न खोजेको देखिँदैन र ? यसको प्रस्ट सोच जनतामा घुसिसकेको छ । जनता सोझो भए पनि यो प्रस्ट बुझिसकेको छ । ‘अबेर छ अँधेर छैन’ भनेझैँ बेला आउँदै छ, होसियार †
विश्वलाई नेपाल स्वतन्त्र राज्य भनी चिनाउने बुद्ध धर्म, नेवारी लिपि, नेवारी सम्वत् तथा नेवारी भाषालाई कदर गर्न किन हिच्किचाइन्छ ? अरूलाई कदर गरेमात्र आफ्नो कदर हुन्छ भन्ने किन बुझ्दैनन् ? डा. बाबुराम भट्टराई एक विद्वान् प्रधानमन्त्री भए अब त केही होला जस्तो हामीजस्ता केही पढे–लेखेकालाई आशा लागेको थियो । तर, उहाँ पनि उही ड्याङको मूलामा पर्न गएकोमा दुःख लागेको छ । यहाँ त विद्वान् शब्दकै उपहास भएको छ माओवादी नेताले जसरी रणबहादुर शाहले रखौटी स्वास्नी ब्राह्मणी कान्तिमतिबाट जन्माएको छोरा (जो ब्राह्मणकै हो पनि भन्छन्) लाई राजा बनाउन उनको आफ्नो उत्तराधिकारी छोरा रणोद्वीपलाई सबै भारदारको समर्थन भए पनि ब्राह्मणको जालमा परी गीर्वाणयुद्धलाई राज्याभिषेक गर्ने पाल्पाका पूर्वराजा पृथ्वीपति सेनलाई बोलाई राजा बनाए । अहिले बाबुरामजीको हालत पनि पृथ्वीपति सेन र माओवादी नेता रणबहादुरजस्तै देखिन्छ । न गीर्वाणयुद्ध सक्षम थियो न त सगरमाथा चढ्न खोज्ने नेताका पुत्र नै ।
–पद्मावती सिंह (इतिहासविद्)