तपाईंको दृष्टिमा

तपाईंको दृष्टिमा


नेपाली चलचित्रहरूमा सर्वाधिक गीत गाउने गायक हुन् राजेशपायल राई । आधुनिक गायन विधामा पनि उनले आफ्नो पुस्ताका गायकहरूलाई पछाडि पारिसकेका छन् । विदेशमा हुने साङ्गीतिक कार्यक्रमहरूमा सबैभन्दा बढी सहभागिता जनाउने राजेश नेपालमा नै हुने कार्यक्रमहरूमा अन्य गायकहरूभन्दा बढी पारिश्रमिक लिने गायकमा पर्छन् । धेरै सौख नगर्ने र निरन्तर रूपमा एउटै रफ्तारमा टिक्दै आएका राईको विचारमा जीवन र जगत् के हो ? घटना र विचार साप्ताहिकको स्तम्भ तपाईंको दृष्टिमाका लागि गायक राजेशपायल राई राजन घिमिरेसँग यसरी प्रस्तुत भए ।

० जीवन के हो ?
– एउटा मीठो सङ्घर्ष
० प्रेम के हो ?
– अनुभूतिको नदेखिने आकार हो
० सुन्दरता के हो ?
– वर्णनमा नअटाउने तृप्ति
० मन के हो ?
– बेलाबेला बरालिने वस्तु
० भावना के हो ?
– मनसुनको वर्षाजस्तो कहिले
यता कहिले उता
० विवाह के हो ?
– -अनौठो) संयोग
० बन्धन के हो ?
– नैतिक अनुशासन
० अपमान के हो ?
– मूर्खहरूले गर्ने काम
० इज्जत के हो ?
– असल मान्छेको असल काम
० बेइज्जती के हो ?
– जिउँदै मृत्यु
० मिलन के हो ?
– जिउने प्रेरणा
० विछोड के हो ?
– अर्को मिलनको आशा
० जवानी के हो ?
– कर्कलाको पानी
० बालापन के हो –
– फुल्नै लागेको कोपिला
० तृष्णा के हो ?
– नमेटिने तिर्खा
० रिस के हो ?
– विनासको ओखती
० जोस के हो ?
– सम्हाल्न सके ऊर्जा नसके हानि
० नसा के हो ?
– एउटा पागलपन
० यौन के हो ?
– जीवनको एउटा आवश्यकता
० सन्तुष्टि के हो ?
– स्वयम् र सन्तुलनको अर्को नाम
० कर्तव्य के हो ?
– मान्छे हुनुको धर्म
० विश्वास के हो ?
– हृदयको परमेश्वर
० असल के हो ?
– सत्य हो
० खराब के हो ?
– अँध्यारो पाटो
० सबैभन्दा ठूलो धोका के हो ?
– विश्वासघात
० दुःख के हो ?
– आफैंलाई नबुझ्नु दुःख हो
० सुख के हो ?
– भित्रीमनको सन्तुष्टि
० खुसी के हो ?
– असल कामबाट हुने प्रतिफल
० आनन्द केमा छ ?
– त्यागमा छ
० मित्र को हो ?
– दुःखमा सघाउने
० शत्रु को हो ?
– लुकेर प्रहार गर्ने
० सङ्घर्ष के हो ?
– जीवनको अर्को नाम
० प्राप्ति के हो ?
– मिहिनेतको फल
० आस्था के हो ?
– मान्छेको चेतना
० धर्म के हो ?
– आ-आफ्नो विश्वास
० नैतिकता के हो ?
– व्यक्तिको आफ्नो सीमा
० चरित्र के हो ?
– पोखिएपछि टिप्न नमिल्ने
० ज्ञान के हो ?
– जति आर्जन गरे पनि नरितिने रहस्य
० बुद्धि के हो ?
– समयअनुसार बढ्दै जाने प्राप्ति
० सम्झौता के हो ?
– समयको निर्देशन
० सृष्टि के हो ?
– जीवन चक्र
० गुरु को हो ?
– जसले हृदयको अँध्यारो हटाउँछ
० राजनीति के हो ?
– राज्य सञ्चालनको केन्द्रीय नीति
० देश के हो ?
– दोस्रो आमा
० समाज के हो ?
– सृष्टि सञ्चालनको सामूहिक कोसिस
० पद के हो ?
– क्षणिक प्राप्ति
० विकास के हो ?
– समयको आवश्यकता
० व्यापार के हो ?
– एउटा पेसा हो
० अनुशासन के हो ?
– असल मान्छेको बन्धन