दिनमै डकैति : १९ लाख ५० हजार नगद

दिनमै डकैति : १९ लाख ५० हजार नगद


२९५ ग्राम सुनसहित ६ जना प्रहरी नियन्त्रणमा

  • सुरेन्द्र सुवेदी, काठमाडौं

दिनकै समयमा हातहतियार देखाएर खुलेआम डकैति गर्दै आएको समूहलाई प्रहरीले फेला पारेको छ । ६ जनाको समूहले डकैति गरेको १९ लाख ५० हजार रुपैयाँ नगद र २ सय ९५ ग्राम सुन पनि बरामद गरेको काठमाडौं अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरीले पक्राउ गरेकामा धादिङको रुवीभ्यालीका २७ वर्षीय सोनाम थापा तामाङ (लुटपाटमा संलग्न), रसुवाको आमाछोदिङमोका २७ वर्षीय टाँसी तामाङ (सूचना दिने तथा लुटपाटमा संलग्न) र महोत्तरीको बर्दिवासका ३७ वर्षीय अनन्तराज घिमिरे (डांका गरि ल्याएको सुन खरिद गर्ने) रहेका छन् ।

यस्तै, भारतको महाराष्ट्र जिल्ला, साङली थानाका ३१ वर्षीय आमोल बालु फुके (डाँका गरेर ल्याएको सुन खरिद गर्ने), भारतको पश्चिम मोदनापुर जिल्ला दासपुर थानाका ३१ वर्षीय देवासिश सावन्त (डाँका गरि ल्याएको सुन खरिद गर्ने) र भारतकै पश्चिम मोदनापुर जिल्ला पाँचकुडा थानाका ४४ वर्षीय कार्तिक पाइका (डाँका गरि ल्याएको सुन बिक्री गर्न सहयोग गर्ने) लाई प्रहरीले पक्राउ गरेको हो ।

गत माघ २५ गते दिउँसो साढे २ बजे काठमाडौंको टोखा झोरमा रसुवाको गोसाइकुण्डका २५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोकका फुरसाङ्गे लामासमेतलाई बीएमडब्लु बाप्र०२–००४प ४२८३ नम्बरको कालो निलो रङको समेत ४ वटा मोटरसाइकलमा आएका ६ जना अपरिचित व्यक्तिले हातहतियार देखाउँदै बोले कराएमा ज्यान मार्ने धाकधम्की दिएर २५ हजार रुपैयाँ र १८ तोला सुन लुटेका थिए । यो समूहले १ करोड ५२ लाख १२ हजार रुपैयाँबराबरको धनमाल लुटेको अनुसन्धानका क्रममा यो ६ जनाको समूह फेला परेको प्रवक्ता एसपी रेग्मीले घटना र विचारलाई बाताए ।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा यो समूहले गरेका डकैतिका घटनाहरूमा संलग्न व्यक्तिमध्ये एभेन्जर मोटरसाइकल चालक सोमान थार्पा तामाङ र उनले घटनाको बारेमा सूचना दिने र रसुवादेखि पिछा गर्दै आउने व्यक्ति टासी तामाङ भएको बयान दिए । टासीको खोजीमा निस्किएको प्रहरीले ३ दिनअघि उनलाई राजधानीको माछापोखरीमा मोटरसाइकलसहित पक्राउ गरेको हो । घटनाको मुख्य योजनाकार र लुटिएको सामान बिक्री गर्नेको खोजीमा प्रहरी लागिरहेको छ ।

लुटिएको सुन टाँसी तामाङको चिनजान अनन्तराज घिमिरे मार्फत काठमाडौंको न्युरोडमा रहेको सुनका गरगहना बनाउने कारखाना गर्ने पसलमा बिक्रि गर्ने गरेको खुलेको छ । प्रहरी त्यो तर्फ पनि अनुसन्धानमा केन्द्रीत भइरहेको कार्यालय जनाउँछ ।