किन बेपत्ता भए विनोद चौधरी ?

किन बेपत्ता भए विनोद चौधरी ?


पूँजी पलायन गरेर देशको अर्थतन्त्र खोक्रो बनाउनेहरूको अग्रसूचीमा पनि विनोद चौधरीको नाम लिइन्छ । विनोदले एक छोरालाई एनाआरएन बनाएका छन् र सिङ्गापुरमा एउटा कम्पनी खोलाएका छन् । हो, तिनै छोराको नाममा रहेको कम्पनीको नाममा नविलको शेयर राखी हरेक वर्ष कम्तिमा तीन अर्ब रूपैयाँ बराबरको विदेशी मुद्रा चोरबाटो हुँदै नेपालबाट बाहिर लैजाने गरेका छन् ।

नेपालकै धनाढ्य ब्यक्तिका रूपमा अप्रत्याशित ढङ्गले देखापरेका विनोद चौधरी यतिबेला देशबाट बेपत्ता भएका छन् । बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको दश रोपनी सरकारी जमिन कब्जा गरेकोमा उनका भाइ अरुण चौधरीलाई पक्राउ गरि कानूनी कारबाहीको प्रक्रिया सुरु भएपछि विनोद निकै अप्ठ्यारोमा परेका थिए । उनले तत्काल भारतको राजधानी नयाँ दिल्ली स्थित आफ्नो सम्पर्कमा रहेका उच्च पदस्थ केही ब्यक्तिहरूलाई टेलिफोन गरि गुहार मागेका थिए । तर चौधरीलाई सहयोग गर्नुपर्ने कारण र अवस्था नदेखिएपछि नयाँ दिल्लीबाट कुनै रेस्पन्स भएन ।

प्रचण्डले आफूसँग पैसा मागेको र नदिएपछि आफ्नो विरूद्ध षडयन्त्र रचेको आरोप विनोदले लगाएका थिए । तर प्रचण्ड आफ्ना भाइ अरुणलाई थुनामूक्त तुल्याउन लागिपरेको जानकारी पाउनेवित्तिकै विनोदले आफूमाथि नारायणकाजी श्रेष्ठद्वारा षडयन्त्र भएको बताएका थिए । श्रेष्ठ भारतविरोधी भएकोले आफ्नाविरूद्ध लागेको भन्ने भनाइ विनोदको थियो ।

शेरबहादुर देउवादेखि नेपालभित्रका अनेक शक्तिकेन्द्रहरूसँग सहयोग माग्दा पनि कतैबाट सकारात्मक परिणाम नआएकोले विनोद निराश बनेका थिए । विनोदलाई असल मानिसको रूपमा लिन भारतले छोडिसकेको सम्भवतः उनी आफैले थाहा पाउन सकेनन् । राजस्थानमा रहेको उनको चाउचाउ कारखानाले गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गरेको पाइएपछि भारत सरकारले त्यहाँ केही समयअघि छापा मारेको थियो । भारतमा नै छवि खराब भएकोले विनोदको सुनुवाइ नभएको बताइन्छ ।

यता भाइ अरुणले बाँसबारी प्रकरणमा विनोदको मुख्य भूमिकाबारे प्रहरीलाई बयानको क्रममा बताएकोले उनलाई बोलाएर बयान लिने निर्णय सीबीआईले गरेको थियो । बोलाउँदा नआएको स्थितिमा उनको गिरफ्तारी पनि हुन सम्भव थियो । सीआईबीको पन्जामा परिने डरले विनोद भागेर भारत पुगेको र, त्यहाँ उनले फेरि पनि हारगुहार लगाइरहेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ।

स्मरणीय छ, २०५८ सालमा राजा वीरेन्द्रको बङ्श नास भएलगत्तै विनोद चौधरी रातारात अर्बपति बन्न पुगेका थिए । चौधरी ऋण तिर्न नसकेर २०५८ सालसम्म राष्ट्रिय बाणिज्य बैंकको कालो सूचिमा परेका थिए । दरबार हत्याकाण्ड भएको चार महिनापछि २०५८ साल असोज १३ गते मात्र ऋण चुक्ता गरेर उनी कालोसूचीमूक्त भएका थिए ।

राजपरिवारको सम्पत्ती हात परेपछि मात्र विनोद धनाढ्य बनेको आशङ्का गरिन्छ र, यही आशङ्काका कारण अहिले विनोद चौधरीमाथि अनुसन्धान गरि राजपरिवारको सम्पत्तिबारे यकिन गरेर उक्त सम्पत्ति फिर्ता लिने र, नेपाल ट्रष्टको नाममा राख्नुपर्ने आवाज पनि उठिरहेको छ।

अर्कोतिर पूँजी पलायन गरेर देशको अर्थतन्त्र खोक्रो बनाउनेहरूको अग्रसूचीमा पनि विनोद चौधरीको नाम लिइन्छ । विनोदले एक छोरालाई एनाआरएन बनाएका छन् र सिङ्गापुरमा एउटा कम्पनी खोलाएका छन् । हो, तिनै छोराको नाममा रहेको कम्पनीको नाममा नविलको शेयर राखी हरेक वर्ष कम्तिमा तीन अर्ब रूपैयाँ बराबरको विदेशी मुद्रा चोरबाटो हुँदै नेपालबाट बाहिर लैजाने गरेका छन् । यस सम्बन्धमा पनि अनुसन्धान गरि कारबाही गर्नुपर्ने आवाज सम्बद्ध निकायमा उठिरहेको छ । यिनै कारणले विनोद चौधरी भागेको हुनसक्ने उनका निकटस्थहरूले ठानेका छन् ।