कोशी प्रदेशको मन्त्रिपरिषद्ले पायो पूर्णता

कोशी प्रदेशको मन्त्रिपरिषद्ले पायो पूर्णता


कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सनुवार र उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री तथा सामाजिक विकासमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की र खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाई मुख्यमन्त्री कार्कीले नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले दुई कांग्रेसका प्रदेशसभा सदस्यलाई राज्यमन्त्रीमा समेत नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेशप्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् । आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरुङ राम नियुक्त भएका छन् ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरण मन्त्रीमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु नियुक्त गरिएका थिए ।

photo: rss