ढुंगानालाई सम्मान तथा पुरस्कार

ढुंगानालाई सम्मान तथा पुरस्कार


दुई दशक लामो समयदेखि हाम्रो स्तम्भकारका रुपमा रहनुभएका वरिष्ठ कवि राजेश ढुंगानालाई यो वर्षको चूणामणि रेग्मी झर्रो शैली सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

विगत साढे चार दशक लामो समयदेखि साहित्य लेखन, पत्रकारिता र राजनीति तीन वटै क्षेत्रमा सक्रिय र दखल राख्नुहुने ढुंगाना त्यसै पनि त्रिआयामका रूपमा सफल हुनुहुन्छ ।

सम्मानमा २५ हजार राशिको पुरस्कार पनि रहने छ । घटना र विचार साप्ताहिकका दुई दशकदेखिका स्तम्भकार ढुंगानालाई बधाई हामी बधाई दिन चाहन्छौँ ।

पूर्वकै सार्वांधिक चर्चित र लोकप्रिय यो सम्मान तथा पुरस्कार २०७५ सालमा पूर्वका मोतीराम भनेर चिनिइनुभएका साहित्यकार चूडामणि रेग्मीको नाममा स्थापित भएको हो । सम्मानित र पुरस्कृत वरिष्ठ कवि ढुंगानाका विगत साढे चार दशकयता सयौँ फुटकर कविता प्रकाशित छन् भने एउटा कविता संग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ (२०७०) प्रकाशित छ ।