आफू नाङ्गिएको हेर्न अभिभावकको साथ

आफू नाङ्गिएको हेर्न अभिभावकको साथ


कसले कुन्नी के भनिदियो खै ? नायिका विनिता बराल आजभोलि एक्लै कतै हिँड्दिनन् । पहिलो चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’बाट निकालिएपछि निकै विक्षिप्त हुन पुगेकी विनिताको पीडामा सान्त्वना दिन निर्माता अर्जुनकुमार पुगे । अर्जुनले विनितालाई आफ्नो प्रोजेक्ट ‘चपली हाइट’मा हिरोइन बनाइदिए । विनिता निकालिएको चलचित्र ‘के म तिम्रो साथी बन्न सक्छु’ यतिबेला कहाँ के गरेर बसेको छ कसैलाई थाहा छैन तर, ‘चपली हाइट’को रिलिजसँगै उनको हाइट पनि बढेको छ । ‘जे हुन्छ रामै्र हुन्छ भनेको यही रहेछ । मलाई निकाल्ने चलचित्रले मेरो क्यारियर नउठाउन पनि सक्दथ्यो तर चपली हाइट रिलिज भएर पनि हिट भइसक्यो । त्यो फिल्मको नामोनिसाना छैन,’ उनी निकै दङ्ग छिन् ।
चलचित्र चपली हाइटभित्र त बजारमा चलेजस्तो विनिताका अर्धनग्न दृश्यहरू छैनन् तर पोस्टरमा विनिताको शरीर अर्धनग्न रूपमा देखेपछि हलमा झुम्मिएका दर्शकहरूले होस नपुर्‍याउँदा कतै विनितामाथि आक्रमण त गर्दैनन् ? यो कुरा बुझेर नै विनिता सार्वजनिक रूपमा एक्लै नहिँड्ने भएकी हुने रे- उनले यसै भनिन् ।
त्यसो त अरू कलाकारहरू दर्शक तान्न हलतिर गएजस्तो विनिता भने हलतिर नजाने भएकी छिन् । सिनेमाको पर्दामा किसिङ र रोमान्टिक सिनहरू धेरै भएका कारण हलतिर जाँदा उल्टो आफैंलाई दर्शकहरूले तान्ने त होइनन् ? बडो विचारमा छिन् विनिता । ‘हाम्रा दर्शकहरू त्यस्तो त हुनुहुन्न । तर, कोही त्यस्तो भए त आपतै पर्छ नि,’ उनले थपिन् । आफ्नो तस्बिर र सिनेमाभित्रका केही दृश्यहरूले आफूलाई विवादमा तान्दा केही समय त उनको मन पनि दु:खेको रहेछ । एक त पहिलो चलचित्रबाटै निकालिन पुग्दा बजारमा उनीप्रति हेर्ने दृष्टिकोणमा नै परिवर्तन आएको थियो भने अर्कोतर्फ बल्ल पाएको सिनेमा ‘चपली हाइट’ पनि रिलिज नहुने हो कि भन्ने डर थियो उनमा । ‘तर अहिले सिनेमा हिट भएपछि पहिलेका सबै दु:ख, चिन्ता र व्यथा बिर्सिएकी छु,’ उनले भनिन् ।
यति हुँदाहुँदै पनि यो शनिबार भने उनी आफ्ना अभिभावकहरूसहित काठमाडौंको जय नेपाल हल पुगेकी थिइन् फिल्म युनिटसँग । विनिताले पनि दर्शकमाझ चपली हाइट हेरिन् । सिनेमा हेरेर बाहिर निस्किएपछि पूरा पहिरनमा देखापरेकी विनिताको शरीरमा आँखा लगाउनहरूको भीड ठूलै थियो । ‘शरीर त राम्रो रहेछ नि,’ दर्शकहरूको यस्तो प्रतिक्रियालाई उनले सहज रूपमा लिइन् । ‘सिनेमाभित्र पो अर्धनग्न भएँ, वास्तविक जीवनमा त अर्धनग्न हुन सक्दिनँ नि । बाहिर त म पारदर्शी कपडा लगाएर हिँड्न कहाँ सक्छु र ?’ विनिताको जवाफ थियो ।

टेलिभिजनमा अब युरोपका सुखदु:ख
गैरआवासीय नेपालीको संस्था ?एनआरएन) का अनुसार युरोपभरि मात्र करिब तीन लाख नेपाली छरिएर रहेका छन् । उनीहरूको बसाइको अवस्था कस्तो होला ? सबैले सुख नै पाइरहेका पनि छैनन् र उनीहरूको दिनचर्याबारे नेपालमा छरिएर रहेका नेपालीमा चासो बढ्नु अवश्य पनि नौलो कुरा होइन । देश छाडेर परदेशमा सङ्घर्षरत यिनै नेपालीको क्रियाकलाप र उठबसका कुरा अब हरेक हप्ता नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसमा आउने भएको छ । यो कुरा हरेक हप्ता ल्याउने भएका छन् राजेन्द्र भट्टले । भट्ट लामो समयदेखि बेलायतमा बस्दै आइरहेका एक सञ्चारकर्मी हुन् ।
बेलायतमा रहेर पनि सञ्चार्रकर्ममा लागिपरेका राजेन्द्र भट्टको टेलिभिजनसम्बन्धी नयाँ कार्यक्रम ‘नमस्ते युरोप’ चैत १० गते शुक्रबारदेखि हरेक हप्ता साँझ ७ बजे एनटीभी प्लसबाट प्रसारण हुने भएको छ, ‘अब विश्व टाढा छैन । सञ्चारले नै विश्वलाई खुम्च्याएको छ । नेपाली-नेपालीलाई नजिक बनाउन यो कार्यक्रमको सुरुवात गर्न लागेको हुँ,’ राजेन्द्रले भने । उनका अनुसार यो कार्यक्रममा युरोपमा रहेका नेपालीको गतिविधिलाई समेटिनेछ । भट्टले विदेशमा रहेका नेपालीको नराम्रो कुरा मात्र मिडियामा आइरहेको तर राम्रा भने नआएको कुरा बताए ।
‘हामी यो कार्यक्रममा कसैलाई काखा र कसैलाई पाखा गर्दैनौँ । युरोपमा नेपाली भाषा, कला अनि संस्कृतिको जगर्ेना गर्नका लागि नेपालीले दिएको योगदानलाई उच्च मूल्याकन गर्नेछौँ,’ भट्टले बताए । आफू दाम कमाउन नभएर विदेशमा रहेका नेपालीलाई स्वदेशमा परिचित बनाउन कार्यक्रम निर्माणतिर लागेको कुरा उनले बताए ।

सञ्जीव-सरिष्मा बालकै !
जत्तिकै दाम कमाए तापनि र सुखसयलमा रमाए तापनि कलाकाहरूले आफ्नो कलालाई मार्न र बिर्सन सक्दैनन् । अझ त्यसमा कलाकारिताबाटै उचाइ बनाएका र विदेश छिरेका कलाकारहरूले त कलाकारितालाई मार्नै सकेका छैनन् । यसको पछिल्लो र गतिलो उदाहरण हो- सञ्जीव प्रधान र सरिश्मा अमात्यको जोडी ।
नेपाली गीत-सङ्गीत क्षेत्रमा सफल मानिएको यो जोडी लामो समयदेखि अमेरिकामा बस्दै आएको छ । एक महिनाअगाडि मात्र नेपाल आएको यो दम्पतीमध्ये सरिश्माले यतिबेला एउटा एल्बम निकालिन्- प्यासन । र, सो एल्बममा आवाज नदिए तापनि सरिष्माका श्रीमान् अर्थात् गायक सञ्जीवले साथ दिए । सरिष्माको एकल एल्बमका रूपमा बजारमा आएको प्यासन आफूलाई पनि मन परेको कुरा सञ्जीवले बताए । ‘तर, हामीलाई मात्र मन परेर भएन नि । श्रोताहरूले मन पराउनुपर्‍यो,’ उनले भने । यता सरिष्मा भने श्रोता र आफूबीचको सम्बन्धलाई रिन्यु गर्न एल्बम निकालेको कुरा बताउँछिन् । ‘जहाँ रहे तापनि कलाकारितालाई बिर्सन सकिन्न रहेछ । त्यसैको परिणाम हो प्यासन,’ उनले भनिन् । पहिलेभन्दा नेपाली गीत-सङ्गीत निकै फस्टाएको र फराकिलो भएको कुरा बतायो सञ्जीव र सरिष्माको जोडीले । उनका अनुसार नयाँ प्रतिभाको बजार र चर्चा साँच्चै गजवको देखेछन् उनीहरूले । ‘हाम्रो पालामा मिडिया पनि धेरै थिएनन् र प्रचार धेरै हुँदैनथ्यो तर अहिले क्षमतावानलाई चर्चा र परिचर्चाका लागि कर्ुर्नै पर्दैन । यो त गोल्डन अवसर हो,’ उनीहरूले भने । यो जोडी अमेरिका गएको करिब आठ वर्ष भइसक्यो तर दुईबाट तीन अर्थात् यो जोडी अहिलेसम्म आमाबुबा बनेेको छैन । यसैबीच यो जोडीलाई नितान्त व्यक्तिगत प्रश्न सोधियो- बच्चा कहिले पाउने त ? जवाफमा उनीहरूले भने, ‘हामी नै अहिले बच्चा छौँ । पहिला हामी ठूलो हुन्छौँ अनि बच्चाको बारेमा सोचौँला’-लामो हाँसो…) ।