एक दिन पछिसऱ्यो एमालेको चियापन, कात्तिक १५ गते आयोजना गरिने

एक दिन पछिसऱ्यो एमालेको चियापन, कात्तिक १५ गते आयोजना गरिने


नेपालीको महान् चाड बडादशैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट निर्धारण गरिएको चियापान कार्यक्रम एक दिन पछि सरेको छ ।

यही कात्तिक १४ गते चियापान कार्यक्रमको आयोजना हुने भनिएकामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसको नेपाल भ्रमणको कार्यतालिकालाई ध्यान दिँदै यही कात्तिक १५ गतेका लागि कार्यक्रम सारिएको हो ।

एमालेका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार चियापान कार्यक्रम सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः१५ बजेबाट सुरु हुनेछ ।