एल साल्भाडोरमा आगामी नोभेम्बर १८ मा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालका तर्फबाट जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश दिने भएकी छन् ।
मिस युनिभर्सको विश्वव्यापी प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै उनले राष्ट्रिय पोशाकसहित विश्वशान्तिको कामना पनि गर्ने उमङ्ग क्रियसनले आयोजना गरेको कार्यक्रममा जानकारी दिइएको छ ।
विभिन्न देशका बीच युद्ध भइरहेका बेला शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालबाट प्रतिनिधित्व गर्ने सुन्दरीले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्न लागेको आयोजक संस्थाका निर्देशक उद्धव अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया