त्रिकोणात्मक टी-२० शृंखलाका लागि सन्दीपबेगरको नेपाली टोली घोषणा

त्रिकोणात्मक टी-२० शृंखलाका लागि सन्दीपबेगरको नेपाली टोली घोषणा


त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो ।

टोलीमा सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विवेक यादव, ललितनारायण राजवंशी र अविनाश बोहरा छन् । तर, टोलीमा चर्चित खेलाडी सन्दीप लामिछाने अटाएका छैनन् ।

अदालतमा आफूविरुद्धको विचाराधीन मुद्दाको सुनुवाइमा ढिलाइ गरिएको भन्दै सन्दीप लामिछानेले राष्ट्रिय टोलीबाट आफ्नो नाम फिर्ता लिएका कारण समावेश नगरिएको जनाइएको छ ।

विश्वकप छनोटको तयारीस्वरुप नेपालले आयोजना गर्न लागेको प्रतियोगितामा यूएई र हङकङ छन् । प्रतियोगिता बुधबार (कात्तिक १)देखि सुरु हुँदै छ ।