त्रिकोणात्मक टी–२० बाट नाम फिर्ता लिँदै सन्दिप

त्रिकोणात्मक टी–२० बाट नाम फिर्ता लिँदै सन्दिप

घ.वि. सम्वाददाता
169
Shares

काठमाडौं, आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट क्रिकेटर सन्दीप लामिछानेले नाम फिर्ता लिने निर्णय गरेका छन् । उनले आफु मनोवैज्ञानिक रुपमा कठिन मोडमा रहेकाले त्रिकोणात्मक टी–२० श्रृखला खेल्न नसक्ने जानकारी दिएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । आफू कठिन परिस्थितिबाट गुज्रिरहेको समयमा खेलमा सहभागी भई राम्रो प्रदर्शन गर्न नसक्ने हुँदा खेल नखेल्ने निर्णय लिएको उनले बताएका छन्।

उनले सामाजिक सञ्जालमा आफ्ना शुभचिन्तक तथा खेलप्रेमीलाई सम्बोधन गर्दै लेखेका छन्– ‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ । परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। अर्को भेट नभए सम्म सबैलाई धन्यवाद !’