एसीसी यू-१९ प्रिमियर कप : नेपालद्धारा बहराइन ७७ रनमै अलआउट

एसीसी यू-१९ प्रिमियर कप : नेपालद्धारा बहराइन ७७ रनमै अलआउट

घ.वि. सम्वाददाता
91
Shares

काठमाडौँ, एसीसी यू-१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७७ रनमा अलआउट गरेको छ ।

मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर, दिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरेपछि बहराइन ३७.५ ओभरमा ७७ रनमै सीमित भयो ।

कीर्तिमानी बलिङ गर्दै दिपेशले ९.५ ओभरमा ८ ओभर मेडन राख्दै जम्मा चार रन मात्र खर्चेर ६ विकेट लिए । यस्तै दुर्गेशले ७ ओभरमा एक ओभर मेडन राख्दै १८ रन खर्चेर चार विकेट लिए ।

बहराइनका लागि मुहम्मेद बसिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । हाकिमले ७७ बल खेल्दा २ चौका र २ छक्का प्रहार गरे । अभिनव गिरिश बिस्टले ६९ बल खेल्दै ९ रन बनाए ।