प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाबीच भेटघाट

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाबीच भेटघाट


photo: rss

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाबीच भेटवार्ता भएको छ ।

मङ्गलबार राष्ट्रसङ्घका लागि अतिकम विकसित देशहरू तथा भुपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेकी हुन् ।

न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुवैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

यस्तै, प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेटघाट भएको छ । भेटका अवसरमा दुवैबीच नेपाल र श्रीलङ्काबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बीचमा छलफल भएको नेपाली नियोगले जनाएको छ ।