सिमरामा तेश्रो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको तयारी

सिमरामा तेश्रो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको तयारी


बाराको सिमरामा आगामी असोज ७ गतेदेखि तेश्रो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा हुन लागेको सो प्रतियोगिता असोज १३ गतेसम्म चल्नेछ ।

प्रतियोगिताबारे जानकारी दिन आयोजक क्लबले सिमरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक हरि चौधरीले प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा बंगलादेश भेट्रान्स फुटबल क्लब, इन्द्रेणी एकिकृत विकास केन्द्र पोखरा, चाबेल भेट्रान क्लब, सिमरा भेट्रान क्लब सिमरा, नव जनजागृति युवा भेट्रान क्लब सिमरा, फ्रिडम फाइटर भेट्रान क्लब काठमाडौ, क्लिब हाउस भेट्रान क्बल कलकत्ता (भारत), वीरगञ्ज युथ एकेडेमी भेट्रान क्लब पर्सा, अभिषेक चर्च भेट्रान क्लब नवलपरासी, दार्जलिङ टाउन भेट्रान क्लब भारत, चितवन भेट्रान क्लब चितवन र जहडा भेट्रान क्लब मोरङको सहभागिता रहने चौधरीले बताए ।

सिमरा रंगशालामा हुने प्रतियोगिता स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजना गर्न लागिएको हो । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा स्टिल र मुख्य सहयोगी संस्थामा जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यालय रहेको छ । यसैगरी प्रायोजकमा हुलास स्टिल, सुर्य नेपाल, नारायणी रोलि¨ मिल्स, नबिल बैंक, सह–प्रायोजकमा युआर गोल्ड प्रिमियम मसला चिया, अशोक स्टिल, सहयोगी संस्थामा जीतपुरसिमरा उ.म.न.पा वडा नम्बर १ को कार्यालदेखि वडा नम्बर २४ को कार्यालयसम्म (२४ वटै वडा कार्यालय), एल.एस. न्युरो हस्पिटल विरगञ्ज, नवजनजागृती युवा क्लब सिमरा, बारा जिल्ला फुटबल संघ, विरगञ्ज सिटि भेट्रान, एम.एस सप्लार्यस सिमरा रहेको छ ।

प्रतियोगिताको अनुमानित लागत चौबिस लाख उनन्चालीस हजार रहेको संयोजक चौधरीले जानकारी दिए । प्रतियोगितामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताइएको छ ।