✍ बद्रीनाथ गैह्रे
प्रिय कर्मचारी
तिमी अप्रिय नहुनु
तिमी नै राष्ट्रको पहरेदार हौ
तिमी नै सुशासनको आधार हौ
तिमी विना न समृद्धि आउँछ
न बेथितिले निकास पाउँछ ।
प्रिय कर्मचारी
तिमी बेथितिको पर्याय नहुनु
तिमी जनताको सेवक हौ
कानूनको रक्षा कवच हौ
दुराचार र विकृतिविरूद्ध लड्नु छ
कोहीसँग नझुकी अघि बढ्नु छ ।
प्रिय कर्मचारी
तिमी मुकदर्शक नहुनु
कसैको गुलामी नगर्नु
जनताको सच्चा सलामी बन्नु
नराख्नु कोहीसँग आग्रह पुर्वाग्रह
गरेर देखाउनु विभेदविरूद्ध विद्रोह ।
प्रिय कर्मचारी
तिमी अनुकरणीय हुनु
तिमि नै समाजको अग्रज हौ
तिमी नै सभ्यताको जग हौ
तिमिले अरूलाई बाटो देखाउनुपर्छ
विश्वसामु धरतिको नाम लेखाउनुपर्छ ।
प्रिय कर्मचारी
तिमी सृजनशील हुनु
तिम्रै अग्रसरतामा विहानी आओेस
मन मस्तिस्कमा खुशीयाली छाओस
के पाएँ हैन के दिएँ भनेर हेर्नु
यहि हो अवसर देशको मुहार फेर्नु ।
प्रिय कर्मचारी
तिमी अप्रिय नहुनु
तिमी वेथितिको पर्याय नहुनु
तिमी मुकदर्शक नहुनु
तिमि अनुकरणीय हुनु
तिमी सृजनशील हुनु
तिमी सबैको प्रिय हुनु ।
- (प्रमुख जिल्ला अधिकारी, धादिङ)
प्रतिक्रिया