सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुस्कर प्रधानमन्त्री कार्यालयमा तानिएका छन् । पुस्कर एकाएक प्रधानमन्त्री कार्यालयमा तानिएपछि यसबारे मन्त्रालयमा निकै चासो र चर्चा चलिरहेको बुझिएको छ ।
मन्त्रालय सुत्रका अनुसार आर्थिक मामिलामा अत्यन्त ‘कमजोर’ स्वभावका भनेर सम्बद्ध पात्रहरूबीच चिनिने सचिव पुष्कर यसपटक पनि अपारदर्शी आर्थिक चलखेलकै कारण तानिएका हुन् । सचिव पुष्करले विभिन्न बाहिरी मन्त्रालयका सहसचिवको सरुवामा राम्रो ‘तर मारेको’ सूचना प्रधानमन्त्रीकहाँ पुगेपछि प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशनमा प्रधानमन्त्री कायर्यालयमा तानिएको बुझिएको छ ।
कर्मचारी वृत्तमा ‘भष्ट्राचार शिरोमणी’ भनेर समेत चिनिने सचिव पुष्करले केही समयअघि विभिन्न मन्त्रालयका सहसचिव सरुवा गर्दा आफ्नो निवासमा बोलाएर रकम मागेको सूचना प्रधानमन्त्री प्रचण्डले पाएका थिए ।
अर्थमन्त्रालयमा रहँदा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा गरेका अनियमितताको ढाकछोप गर्न सिसिटीभीका फुटेज हटाउने कार्यको ‘नाइके’ समेत रहेका पुस्करले सामान्य प्रशासन मन्त्रालयका मन्त्री अमनलाल मोदीसँग कर्मचारी सरुवामा एकछत्र चलखेल गर्न नपाएपछि सम्बन्ध नै विच्छेद जस्तै भएको चर्चा कर्मचारीहरूमाझ व्याप्त थियो । सो सरुवा प्रकरणमा मन्त्री र सचिव दुवैले कर्मचारीसँग पैसा उठाएको विवाद छताछुल्ल भएको थियो । सचिव पुस्करलाई प्रधानमन्त्री कार्यालय तानिएपछि प्रशासन शाखाका कर्मचारीले काउसो पन्छिएको भन्दै सञ्चो मानेका छन् ।
प्रतिक्रिया