ऐतिहासिक स्थलमा एमालेको बैठक

ऐतिहासिक स्थलमा एमालेको बैठक


photoL: rss

नेकपा एमालेले आफ्नो पार्टीको उच्च बैठकलाई ऐतिहासिक बनाउने भएको छ । प्राप्त जानकारीअनुसार एमालेले सचिवालयको बैठक सिराहाको त्यो स्थानमा गर्ने योजना बनाएको छ जहाँ उक्त पार्टीको चौथो महाधिवेशन सम्पन्न भएको थियो ।

पञ्चायतको आखिरीतिर एमालेले सिराहाको महेन्द्र राजमार्गदेखि उत्तरतर्फको एउटा गाउँमा एक पार्टी कार्यकर्ताको घरमा चौथो महाधिवेशन गरेको थियो । २०४६ सालको भाद्रमा भएको सोही महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए । अहिले उक्त घरमा सचिवालयको बैठक राखेर एमालेले केही ऐतिहासिक निर्णय लिन खोजेको बुझिएको छ ।

यतिबेला देश, अर्थतन्त्र, धर्म संस्कृति, राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव मात्र नभइ राजनीतिक दलहरू समेत सङ्कटापन्न अवस्थामा छन् । त्यसमाथि एमाले झन् कठिनाइको सामना गर्दैछ । पार्टीहरूले आफ्नो साख र हैसियत मात्र जोगाउन पनि विशेष निर्णय लिनुपर्ने स्थितिलाई एमालेले गहिराइमा बुझेको बताइन्छ । त्यसैले नयाँ मार्ग पहिचानका निम्ति एमालेले ऐतिहासिक घरमा बसेर ऐतिहासिक निर्णय लिन सक्ने सम्भावना छ ।