एमसीसी खारेजीको माग गर्दै चार कम्युनिष्ट पार्टीद्वारा देशब्यापी संयुक्त विरोध प्रदर्शनको तयारी

एमसीसी खारेजीको माग गर्दै चार कम्युनिष्ट पार्टीद्वारा देशब्यापी संयुक्त विरोध प्रदर्शनको तयारी


नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेज गर्न माग गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।

ती पार्टीले एमसीसी खारेजीको माग गर्दै भाद्र १३ गते बुधबार देशब्यापी संयुक्त विरोध प्रदर्शन र काठमाण्डौं उपत्यकामा माइतिघर मण्डला बाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् ।