गल्छी हत्याकाण्डका आरोपी कारागार चलान

गल्छी हत्याकाण्डका आरोपी कारागार चलान


  • विकास रौनियार, धादिङ

धादिङको गल्छी गाउँपालिका-८, निबुवाबोटमा गत वैशाख २७ गते भएका हत्या घटनाका आरोपीहरूलाई कारागार चलान गरिएको छ ।

होटेलमा खाजा खाएको पैसाको विषयमा विवाद हुँदा सोही ठाउँका विनोद थापा मगरलाई छुरा प्रहार गरी हत्या गरिएको थियो । होटल सञ्चालककै उक्साहट तथा संलग्नतामा उक्त जघन्य घटना भएको थियो ।

घटनामा संलग्न ४७ वर्षीया सरस्वती पनेरु (पण्डित), उनका छोरा २६ वर्षीय निरज पण्डित र पाल्पाको तानसेन नगरपालिका–१४ घर भइ हाल गल्छी-८ मा बस्दै आएका किरन रानालाई पक्राउ गरिएको थियो ।

धादिङ जिल्ला अदालतको जेठ २४ गतेको थुनछेक आदेशले तीनैजना आरोपीलाई पुर्पक्षको लागि कारागार कार्यालय धादिङ चलान गरिएको हो ।

शानदार होटल एण्ड लजका सञ्चालक समेत रहेकी पनेरुमाथि मृतक विनोद थापामगरको हत्या तथा केटीहरूलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृत्ति गराइ मानव बेचबिखन गरेको कसुरसमेत लागेको छ ।