आजको पञ्चाङ्ग एवम् राशिफल (२५ जेष्ठ २०८० बिहीबार, ८ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ जेष्ठ २०८० बिहीबार, ८ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ २५ गते तद्अनुसार सन् २०२३ जुन ८ तारीख विहीबार आषाढ कृष्ण पक्षको पञ्चमी तिथि श्रवण नक्षत्र ऐन्द्र योग कौलव करण आनन्दादिमा ध्वज योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५७ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन कर्मबल बढ्ने तथा व्यवसायमा आम्दानी बढ्ने देखिएपनि आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । तथापि, भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । श्रमको उचित मूल्य मिल्दा इर्ष्या गर्नेहरूले सताउन सक्छन् । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – सरसापटमा धन खर्च हुने समय छ । तथापि भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका मिल्ला । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । दोडधुप र जोखिम बढे पनि मंगलमय कृत्य सम्पादन हुन सक्छन् । प्रतिभाको कदर हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – भाग्योन्नतिको समय छ । ब्यवसायमा राम्रै लाभ हुनेछ । अरुको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइने योग भएकोले कार्यव्यवहारमा सचेतना अपनाउनुहोला । मान्यजनसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । सहयोगीहरूले फाइदा दिलाउनेछन् । दाम्पत्य सुख र आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आज परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । ठूलै प्रयत्न गर्दा सामान्य मात्र फाइदा हुने योग छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । खेलकूदमा भाग लिनुहुनेछ । मित्रजनको साथ मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आज आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । यसका बाबजुद लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मान पनि मिल्नेछ । प्रेमभाव बढ्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – तपाईंले आज गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । कामहरू रोकिएका भए पनि दोहोर्याएर गर्ने प्रयास गर्नु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

वृश्चिक – बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । व्यापार–व्यवसायमा भने लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । मान प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभ हुने योग छ । पराक्रम वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गरे बेस होला । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – स्वास्थ्य कमजोर रहनाले जोश-जाँगरमा कमी आउला । पठनपाठनमा समय दिन नसकिएला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्यमा सामान्य कमजोरी आउला । नचिताएको ठाउँमा खर्च हुने समय छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर – नयाँ काममा हात हाल्ने समय आएको छ । कीर्तिमानी काम सम्पादन होला । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । आरोग्यबल बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । दायित्व पूरा गर्नुहुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । परिश्रमको बलले काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आफन्तबाट टाढिनुपर्ने समय छ । पढाइलेखाइमा सामान्य प्रगति होला । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । आय वृद्धि हुनेछ । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।