ओबामा सरहको सम्मान मिलेपछि भारत भ्रमणबाट प्रचण्ड प्रशन्न !

ओबामा सरहको सम्मान मिलेपछि भारत भ्रमणबाट प्रचण्ड प्रशन्न !


photo: rss

प्रचण्डलाई भारत सरकारले त्यस्तो ‘स्वीटरूम’मा बस्ने बन्दोबस्त मिलाएको थियो जहाँ तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत आउनुहुँदा राखिएको थियो । नेपाली रूपैयाँमा हिसाब गर्दा प्रतिरात करिब दस लाख पर्ने मौर्य होटलको स्वीटरूम अत्यन्तै सुविधासम्पन्न मानिन्छ । आफूलाई उक्त कक्षमा सत्कार गरिनुलाई प्रचण्डले भ्रमणको राम्रो उपलब्धी मान्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड भारतमा आफूले प्राप्त गरेको मेजमानीबाट निकै प्रशन्न बन्नुभएको छ । भारतले अति उच्च स्तरको सम्मान दिएको महसूस प्रचण्डले गर्नुभएको छ । बाहिर प्रचार भएजस्तो भ्रमण असफल भएको प्रचण्डले ठान्नु भएको छैन । जुन उद्देश्यले उहाँ नयाँ दिल्ली जानुभएको थियो, त्यसमा आफू सफल रहेको बुझाइ प्रचण्डमा रहेको बुझिन्छ ।

प्राप्त जानकारीअनुसार प्रचण्ड आफूप्रति भारतीय सोच र व्यवहार कुन स्तरको रहेको छ भन्ने बुझ्न चाहनुहुन्थ्यो र, त्यस आधारमा आफ्नो सरकारको आयूबारे स्पष्ट हुने मनशाय उहाँको थियो । त्यसैले प्रधानमन्त्रीको यो भ्रमण वास्तबमा आर्थिक या भौतिक दृष्टिले मापन गर्नुपर्ने स्तरको थिएन । केवल सद्भाव भ्रमण थियो र, प्रचण्डले भारतका सत्तारूढ नेताहरूसँग सद्भाव र आत्मियता बढेको ठान्नुभएको छ । आफू नयाँ दिल्ली पुग्दा त्यहाँका विदेशमन्त्री देशमै नभएको विषयलाई पनि प्रचण्डले सामान्य रूपमा लिनुभएको पाइएको छ ।

ज्ञातब्य छ, २०७२ साल भाद्रको अन्तिम सातातिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर नेपाल आएका तत्कालीन विदेश सचिव एस जय शङ्करसँग प्रचण्ड र बाबुरामले अवान्छित ढङ्गले विवाद गरेका थिए, त्यस घटनापश्चात् जयशङ्कर र प्रचण्डको सम्बन्ध चिसिएको थियो । एक अर्काको उपस्थितिमा सहज हुन नसक्ने ठानिएका दुवै ब्यक्ति भेटेर कुराकानी गर्न रुचाउँदैनन् भन्ने मानिन्छ, त्यसैले यसपटक प्रचण्डको भ्रमण भएकै समयमा विदेशमन्त्री जय शङ्कर नयाँ दिल्लीमा नरहनुलाई पनि रहस्यपूर्ण मानिएको छ । तर प्रचण्ड स्वयम्ले भने त्यतातिर ध्यान दिनुभएको बुझिँदैन । बरू भारत सरकारले आफूलाई दिएको मेजमानीबाट उहाँ निकै दङ्ग पर्नुभएको छ । प्रचण्डलाई भारत सरकारले त्यस्तो ‘स्वीटरूम’मा बस्ने बन्दोबस्त मिलाएको थियो जहाँ तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत आउनुहुँदा राखिएको थियो । नेपाली रूपैयाँमा हिसाब गर्दा प्रतिरात करिब दस लाख पर्ने मौर्य होटलको स्वीटरूम अत्यन्तै सुविधासम्पन्न मानिन्छ । आफूलाई उक्त कक्षमा सत्कार गरिनुलाई प्रचण्डले भ्रमणको राम्रो उपलब्धी मान्नुभएको छ ।

त्यसैगरी मध्येप्रदेशको उज्जैनस्थित महाङ्कालेश्वर दर्शन तथा पूजाआजाका क्रममा गरिएको भब्य स्वागतबाट पनि प्रचण्ड निकै गद्गद् हुनुहुन्छ । प्रदेश मुख्यमन्त्री सैयौँ गाडीको लावालस्कर लिएर स्वागतमा आएको, लाखौँ भक्तजनलाई छ घण्टासम्म मन्दिर क्षेत्रमा प्रवेश गर्न रोकेर भब्यतापूर्वक पूजाआजा गराएको जस्ता कुराले प्रचण्ड प्रभावित हुनुभएको छ । भ्रमणका क्रममा प्राप्त महँगा उपहारलाई पनि उहाँले भ्रमणकै उपलब्धीका रूपमा मान्नुभएको छ । यी बाहेक दस वर्षमा दस हजार मेगावाट विद्यूत् भारतले खरिद गर्नेसम्बन्धी विषयमा भएको एमओयु, बङ्लादेशलाई विद्युत बिक्री गर्ने मार्गप्रशस्त भएको विषय, इन्धन आपूर्तिका निम्ति देशका विभिन्न स्थानमा पाइपलाइन निर्माण र पन्ध्र वटा उच्च नश्लका राँगो प्राप्त हुनुलाई समेत प्रचण्डले ठूलो उपलब्धी मान्नुभएको छ ।