आजको पञ्चाङ्ग एवम् राशिफल (२३ जेष्ठ २०८० मंगलबार, ६ जुन २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ जेष्ठ २०८० मंगलबार, ६ जुन २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ २३ गते तद्अनुसार सन् २०२३ जुन ६ तारिख मंगलबार आषाढ कृष्ण पक्षको द्वितीया तिथि ५ः४६ पर तृतीया तिथि पूर्वाषाढ़ा नक्षत्र शुभ योग ७ः३ पर शुक्ल योग वणि करण आनन्दादिमा मित्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५६ बजे हुनेछ ।

आजको राशिफल

मेष – अरूका काममा महत्वपूर्ण समय बित्ने योग छ, तथापि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भाग्यबल बढ्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – अतिथिका रूपमा सम्मान प्राप्त हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । आज आयआर्जन राम्रै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतीत होला । यात्राको योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ । उत्साह बढ्नेछ ।

मिथुन – सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तथापि अर्थआर्जनको अवसर जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । काममा जांगर पलाएर आउने छ । ब्यापार ब्याबसायमा फाइदा होला । दामपत्यसुख बढ्नेछ । आरोग्यता रहला । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । स्वास्थ्य कमजोर रहन सक्छ । वादविवादबाट बच्ने विशेष कोशिस गर्नु हितकर होला । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा बाधा पुग्ने देखिन्छ, सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद र भ्रमणमा रुचि बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – सानातिना काममा समय बित्ने दिन रहेको छ । काम बिग्रने डरले सताइरहला । बेसुरमा वचन दिनाले अप्ठ्यारो पार्न सक्छ, सचेत रहनुहोला । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ । समस्या थपिन सक्छन् । खेलकूदमा भाग लिनुहुनेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशांति रहला ।

कन्या – सजिलै काम बन्नाले उत्साह जाग्ने योग छ । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । दाम्पत्य सुखमा रमाउने समय छ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । शुभता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ ।

तुला – परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मुख्य काममा बाधा हुने देखिन्छ । स्वास्थ्य कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । धेरै लगानीपछि कम मात्र प्रतिफल मिल्ला । शुभ काममाआकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नु हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ । प्रतिष्पर्धी परास्त होलान् ।

धनु – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आज सहयोगीहरूले भने राम्रो साथ दिनेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । आरोग्यता बढ्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीको काममा विशेष सफलता मिल्ला । आयआर्जनका स्रोत बढ्नेछन् । तथापि, असावधानीले धन खर्च हुन सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – आज सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनु हितकर होला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला, धैर्यशाली र सचेत रहनुहोला । परिश्रमको बलले काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आफन्तको साथ कमै मिल्ने समय छ । आजको दिन अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । सवारीमा विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्य सामान्य कमजोर रहला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । मिठो भोजन मिल्ला । सुख विलास बढ्नेछ ।