ताइफुको प्रभाव : जापानको विभिन्न स्थानमा भारी वर्षा

ताइफुको प्रभाव : जापानको विभिन्न स्थानमा भारी वर्षा


  • टोकियो (जापान)

यस वर्षको पहिलो शक्तिशाली मानिएको ताइफु २ (मावर) जापानको ओकिनवा क्षेत्रमा प्रवेश गरेसँगै जापानभर यसको प्रभाव देखिन थालेको छ।

गत महिनाको ३१ तारिखदेखि नै ताइफुको प्रभावस्वरुप जापानको विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेकोमा आज (जुन २ तारिख) देखि सिकोकु, तोकाई, किन्की, कान्तो कोसिन, होकुरिकु तथा उत्तरी क्युसुमा भारी वर्षा हुने आँकलन गरिएको छ ।

आज बिहानैदेखि, आईची ,कोची तथा एहिमे प्रिफेकेचरका केहि शहरका हजारौँ मानिसहरुलाई वर्षाको कारण बाढीरपहिरो तथा डुबानको चेतावनी जारी गर्दै सुरक्षित स्थानतर्फ जान सुसूचित गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार ताइफु आज कागोशिमा प्रिफेक्चरको अमामी क्षेत्रको सबैभन्दा नजिक छ, र ओकिनावा तथा अमामी क्षेत्रहरूमा तीव्र हावा र उच्च छालहरूबाट सावधान रहनु आवश्यक छ।

वर्षातको समयमा आएको ताईफुका कारण सिर्जना हुने भारी वर्षाका कारण जापानभरका ६००० भन्दा बढी नदीहरुमा बाढीको जोखिम रहेको बताइएको छ। समुद्र तथा नदीनलाहरुको छेउछाउमा बसोवास हुनेहरुले थप सकर्कता अपनाउन आग्रह गरिएको छ।