२६ जेष्ठ २०८०, शुक्रबार

रकम नपाए कडा कदम चल्ने ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरूको चेतावनी

  प्रकाशित मिति
१२ जेष्ठ २०८०, शुक्रबार १७:२८


‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरूले शहीद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट पूर्वनिर्धारित निर्णयानुसार रकम नपाएपछि आफूहरू अन्यायमा परेको गुनासो गरेका छन् ।

तीन विभागीय टोली र जाउलाखेल युथ क्लबबाहेक ‘ए’ डिभिजन खेलिरहेका १० क्लबद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा लिग सञ्चालनका लागि तोकिएको रकम पाउनका लागि एन्फाको ध्यानाकर्षण गराएको छ ।

सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले पटक-पटक एन्फासँग आग्रह गर्दा पनि आफूहरूको माग सम्बोधन नभएको बताए । ‘एन्फाले न तयारी खर्च दिएको छ, न खेलिसकेको ‘म्याच मनि’ दिन सकेको छ, न त दोस्रो किस्ताको तयारी खर्च नै दिएको छ, अब पनि एन्फाले वेवास्ता गरे कठोर कदम चाल्न बाध्य हुनेछौँ’, उनको भनाइ छ ।

एन्फाले ‘ए’ डिभिजन क्लबलाई तयारी खर्चस्वरूप पहिलो किस्तामा रु १५ लाख, दोस्रो किस्तामा रु १० लाख र तेस्रो किस्तामा रु सात लाख ५० हजार दिने निर्णय गरेको थियो । पहिलो किस्ताको रकम भने क्लबले पाइसकेका छन् ।

यस्तै हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा व्यवस्थापनको कमजोरीका कारण क्लबहरूले यस किसिमको समस्या भोग्नु परेको बताए । उनले एन्फा पदाधिकारीहरूमा फुटबलको विकासभन्दा पनि विदेशी मोहमात्र देखिएकाले क्लबहरू समस्यामा परेको उल्लेख गरे ।

अध्यक्ष शेर्पाले नेपालीको लोकप्रिय खेल फुटबल सुन सरह भए पनि एन्फाको कमजोर व्यवस्थापनले बेच्न नसकेको आरोपसमेत लगाए ।

पत्रकार सम्मेलनमा मच्छिन्द्रका सचिव किरण महर्जन, खुमलटारका उपाध्यक्ष हरिबोल राउत, मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घले, न्युरोड टिम (एनआरटी) का महासचिव नरेन्द्रमान श्रेष्ठलगायत थिए ।


54
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ । संस्थाले एक विज्ञप्ति जारी

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्री ट्र्याक्टरमा

गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन्