कांग्रेस प्रचार विभागको प्रमुखमा विश्वकर्मा
प्रकाशित मिति
१२ जेष्ठ २०८०, शुक्रबार १७:०८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत भएका छन् ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीको विधानबमोजिम उक्त विभागको प्रमुखमा विश्वकर्मालाई मनोनयन गरेका हुन् ।
Shares