२६ जेष्ठ २०८०, शुक्रबार

‘युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’

  प्रकाशित मिति
१२ जेष्ठ २०८०, शुक्रबार ०६:२२


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भनेका रुसी समाचार एजेन्सीले आरआईएले जनाएको छ । ‘यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौँसम्म चल्नेछ’, आरआईएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ ।

मेदभदेव प्रायः कडा टिप्पणी गर्नेगर्छन् । गत महिना उनले युक्रेनी अधिकारीहरूलाई ‘सङ्क्रमण’का रूपमा वर्णन गरेका थिए । साथै उनले युक्रेनलाई ‘नाजी राज्य’ भनेका छन् । मस्कोले पनि शब्द दाबी दोहाऱ्याउँदै आएको छ । गत जनवरीमा उनले रुस पराजित भए आणविक युद्ध सुरु गर्न सक्ने जनाएका थिए ।


252
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ । संस्थाले एक विज्ञप्ति जारी

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्री ट्र्याक्टरमा