सिड्नीस्थित सम्पदा सूचीमा सूचीकृत भवनमा फिल्मी शैलीमा भीषण आगलागी
प्रकाशित मिति
११ जेष्ठ २०८०, बिहीबार १५:०८
सिड्नीमा बिहीबार एउटा भवनमा भीषण आगलागी हुँदा सम्पदा सूचीमा सूचीकृत सो भवन भत्किएको छ ।
‘आगो लागेको केही क्षणम उक्त भवन खरानीमा परिणत भयो । भित्ताका ठूला टुक्रा र इँटाहरू भुइँमा खस्न थालेपछि मानिसहरू चिच्याउन थाले’, फायर एण्ड रेस्क्यू एनएसडब्ल्यू (न्यू साउथ वेल्स)ले उल्लेख गरेको छ ।
करिब सय वटा दमकलको सहायताले आगो निभाइएको थियो । उक्त भवनमा लागेको आगो निभाउन र नजिकैको आवासीय भवनहुमा फैलिनबाट रोक्न अग्नि नियन्त्रकहरूले भऱ्याङ ट्रक र ड्रोनहरू प्रयोग गरेका थिए ।
उक्त सम्पदा सूचीमा सूचीकृत भवनमा के कारणले ठूलो आगलागी भयो भन्नेबारे अनुसन्धान जारी रहेको बताइएको छ ।
Shares