२६ जेष्ठ २०८०, शुक्रबार

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३७ चलचित्र

  प्रकाशित मिति
११ जेष्ठ २०८०, बिहीबार ०२:४४


नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ । आउँदो असार ७ देखि १० गतेसम्म चल्ने महोत्सवमा नेपालका सुजित विडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्याण्ड’, नेपालकै अविनाशविक्रम शाहद्वारा निर्देशित लघु चलचित्र ‘लोरी’ र दीपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुने महोत्सव निर्देशक युवाकर राजकर्णिकारले जानकारी दिएका छन् ।

‘कोेरोना महामारीपछि यो वर्षका सबै प्रदर्शन भौतिकरूपमा नै आयोजना गर्न लागिएकाले उत्साहित भएका छौँ । महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायत एघार देशका फिचर चलचित्र, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३७ चलचित्र प्रदर्शन हुनेछन्’- युवाकरले जानकारी दिए ।

वासिङ्टन डिसी महानगर क्षेत्र स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुने र चलिचत्र एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा प्रदर्शन हुने उनले बताए ।

नेपाल-अमेरिका फिल्म सोसाइटीको आयोजनामा सम्पन्न हुने महोत्सवमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे छलफल हुनेछ । महोत्सवका लागि आवेदन परेका चलचित्रलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो । म्यारिल्याण्ड राज्यमा स्थापित नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ । संस्थाले एक विज्ञप्ति जारी

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्री ट्र्याक्टरमा

गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन्