२६ जेष्ठ २०८०, शुक्रबार

प्रतिनिधिसभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन

  प्रकाशित मिति
१० जेष्ठ २०८०, बुधबार १०:३०


ग्यास जलनबाट घाइते भइ लामो समयसम्म उपचार गराउनुभएका सांसद चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।

यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले जलनको उपचारका लागि सर्वसुविधासम्पन्न अस्पताल निर्माण गर्न माग गर्नुभयो ।

गत पुस ३ गते ग्यास जलनबाट घाइते भइ भारतमा उपचार गराएर पर्कनु भएका सांसद भण्डारीले देशभित्र सुविधासम्पन्न जलन अस्पताल निर्माण गर्न आग्रह गर्नुभयो ।

उहाँले आफू जलनको उपचारबाट फर्के लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि यसबारेमा जानकारी गराएको बताउनुभयो । उहाँले गत वर्ष ग्यासलगायतको जलनबाट एक सय १० जनाको ज्यान गएको जानकारी दिनुभयो । यस वर्षमात्रै हालसम्म एक सय ११ जनाको ज्यान गएको सांसद भण्डारीले तथ्यांक पेश गर्नुभयो ।

उहाँले भन्नुभयो, “गाउँ-गाउँमा ग्यास र बिजुली पुग्यो । के गर्न हुन्छ र हुँदैन भनेर कोही कसैलाई पनि सिकाउन सकेनौ । ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने पाठ्यक्रम निर्माता, सबैले यसबारेमा तत्काल पहल गर्नु जरुरी छ ।”

सांसद भण्डारीले आफूलाई उद्धार गरेर हालको अवस्थामा ल्याउने वर्तमान सरकार र शुभचिन्तक सबैलाई धन्यवाद दिनुभयो । आफू उपचार गरेर आएको अस्पताल बाबु छोराले चलाएको र दक्षिण एशियाको सबैभन्दा उत्कृष्ठट रहेको भन्दै सांसद भण्डारीले मुलुकभित्र पनि त्यस्तै सुविधासम्पन्न अस्पताल निर्माण गर्न सरकारको पुनः ध्यानाकर्षण गराउनुभयो ।

उहाँले पछिल्लो तीन वर्षमा तीन जना मात्रै भेन्टिलेटरमा पुगेर बाँचेर आएको उल्लेख गर्दै नेपालमा पनि राम्रा स्वास्थ्यकर्मी भएको बताउनुभयो ।

हालसम्म जलनको उपचारका लागि कीर्तिपुरमा रहेको अस्पतालले धानीरहेको उल्लेख गर्दै उहाँले सरकारले दिने उपचार सहयोगमा जलनको बिरामीलाई पनि जोड्न माग गर्नुभयो ।

उहाँले खाना पकाउने ग्यासमा स्वचालित रेगुलेटर राख्ने व्यवस्था गर्न र त्यसका लागि कानुन निर्माण गर्न पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रघुवीर महासेठले जनतालाई विकास र प्रतिवद्धता चाहिएको बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा विदेश गएर षड्यन्त्र गरिरहेको भन्ने सुनिएकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

सांसद महासेठले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्न सुझाव दिनुभयो । उहाँले बन्द अवस्थामा रहेका वीरगञ्ज कृषि औजार कारखाना, वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पनि सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो ।

सांसद रामकुमार राईले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणमा चालेको कदमले जनतामा एक प्रकारको उत्साह पैदा गरेकाले अझै प्रभावकारी रुपमा गैरकानूनी सम्पत्ति आर्जन गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।


99
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो

चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको