२६ जेष्ठ २०८०, शुक्रबार

गिरिजाका ‘पिए’माथि निगरानी !

  प्रकाशित मिति
१० जेष्ठ २०८०, बुधबार १०:३१


गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेका बेला निजको स्वकीय सचिव (पीए) रही काम गर्ने पुरन्जन आचार्य नामक ब्यक्तिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरणको आँखा परेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

संसारमै अस्थिरता र इसाईकरणका निम्ति लगानी गर्दै आएको जर्ज सोरस फाउन्डेसनको नेपालस्थित बोर्डमा सञ्चालक सदस्य रहेका पुरन्जन आचार्यले राजधानी काठमाडौको मुटुमै दुईवटा भब्य बङ्ग्ला खडा गरेको र उनको शेयर मार्केटलगायत अन्य विभिन्न क्षेत्रमा अपारदर्शी लगानी रहेको तथ्य फेला परेपछि नियमनकारी निकायको आँखा आचार्यमाथि परेको बताइन्छ । उनले सिंहदरबार छेउको बङ्ग्ला भाडामा लगाएर आफू भने छुट्टै बङ्ग्लामा बस्ने गरेका छन् ।

गिरिजाको पिए रहँदा महेश आचार्यसँग मिलेर विभिन्न अनुचित धन्दामा संलग्न रहने गरेको भनी कोइराला क्याम्पभित्रै विवाद र सन्देहको पात्र बनेका पुरन्जन जर्ज सोरस फाउण्डेसनका तर्फबाट विभिन्न पत्रकार तथा राजनीतिकर्मीहरूलाई अपारदर्शी ढङ्गले रकम उपलब्ध गराउने कार्यमा संलग्न रहँदै आएको उनका निकटवर्तीहरू बताउँछन् । पछिल्लो समयमा रास्वपाप्रति निकटता दर्शाउने आचार्यले शेरबहादुर देउवा दम्पतिविरुद्ध सञ्चारमाध्यमहरूमा आफ्नो भडास पोख्दै आएका छन् ।


2.664k
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो

चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको