२६ जेष्ठ २०८०, शुक्रबार

देउवा निवासमा मन्जुको चेतावनी !

  प्रकाशित मिति
१० जेष्ठ २०८०, बुधबार ०५:५६


बालकृष्ण खाणकी बहुचर्चित पत्नी माननीय मन्जु खाणले शेरबहादुर देउवाको निवासमै पुगेर तहल्का मच्चाएकी छन् ।

प्राप्त जानकारीअनुसार मन्जु मङ्गलबार बिहान देउवाको अस्थायी निवास धुम्बाराही पुगेर देउवाप्रतिको असन्तुष्टि प्रकट गरेकी हुन् । प्रत्यक्षदर्शीका अनुसार आक्रोशित हुँदै मन्जु खाणले देउवालाई लक्षित गर्दै भनेकी थिइन्, ‘खाने बेलामा तिमीहरू सबै मिलेर खाने, अहिले दुःख पाउने बेलामा मेरो श्रीमान्ले मात्रै पाउनुपर्ने ?’ उनले देउवालाई चुनौती दिँदै भनिन्- ‘मेरो श्रीमान् (बालकृष्ण खाण) लाई निर्दोष प्रमाणित गरेर बाहिर निकालेनौ भने मैले पनि के-के गर्छु त्यसबेला थाहा हुनेछ ।’ निकै चर्को स्वरमा उफ्रिपाफ्री गरेकी मन्जुको चण्डी अवतार देखेर प्रत्यक्षदर्शीहरू चुपचाप बसेका थिए ।

ज्ञातब्य छ, आरजु राणा र मन्जु खाणबीच केही वर्षयता सम्बन्धमा चिसोपन आएको छ । हालैका दिनहरूमा आरजुले विभिन्न सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता दिने क्रममा मन्जु र बालकृष्णलाई बचाउ गर्नुको सट्टा नकारात्मक सन्देश जाने अभिव्यक्ति दिएकोले पनि मन्जु क्रुद्ध भएकी हुन् । प्रहरीले आफूलाई शरणार्थी प्रकरणमा दोषी पुष्टि गर्न नसकेपछि मन्जु निकै उत्साही भएर आफ्नो पतिको बचाउका निम्ति लागिपरेकी छन् ।


29.52k
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो

चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको