२६ जेष्ठ २०८०, शुक्रबार

सुदन किराँतीविरूद्ध उजुरी

  प्रकाशित मिति
१० जेष्ठ २०८०, बुधबार ०१:११


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । C–०६३४४१ (०८०-२-५) दर्ता नम्बर रहेको उजुरीमा बैठकमै भाग नलिएको मितिको समेत किरातीले बैठक भत्ता बुझेको उल्लेख गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानमा रिक्त रहेका प्राज्ञहरूको पदपूर्तिका निम्ति प्रधानमन्त्रीलाई नाम सिफारिस गर्न गठित समितिमा राई रहेको, तर उनी राजधानीबाहिर रहेको समयमा समेत बैठक बोलाएको भनी निर्णयपुस्तिका प्रमाणित गरेको र भत्ता बुझेको ब्यहोरा उजुरीमा उल्लेख छ ।

गत फागुन १ र २ गते मन्त्री राई पूर्वाञ्चलतिर भ्रमणमा गएका थिए । फागुन २ गते नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञसभा गठन भएको थियो । यसरी मन्त्री उपस्थित नभएको समयमा बैठक बसेको र प्राज्ञसभा गठन भएको भनी प्रधानमन्त्रीलाई झुक्क्याएको ब्यहोरा पनि उजुरीमा लेखिएको छ ।


2.556k
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो

चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको