२६ जेष्ठ २०८०, शुक्रबार

मञ्चनको तयारीमा नाटक ‘त्रयम्’

  प्रकाशित मिति
९ जेष्ठ २०८०, मंगलबार १७:१४


काठमाडौंमा एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक ‘त्रयम्’ मञ्चनको अन्तिम तयारीमा रहेको छ । एकअर्कासँग पटक्कै नमिल्ने स्वभावका तीन युवती नजिक हुन् नसके पनि सँगै बस्न बाध्य छन् । आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा घट्ने घटनाक्रमले एक अर्काप्रतिको बुझाइमा ल्याउने परिवर्तन नै नाटकको सार हो ।

नाटकले तीन युवतीको विगत कोट्याउँदै महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई रोचक ढङ्गले प्रस्तुत गर्नेछ ।

दिलीप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक जेठ १२ गतेदेखि त्रिपुरेश्वरस्थित कौसी थिएटरमा २८ गतेसम्म मञ्चन हुँदैछ । नाटकमा सङ्गीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गरेका छन् ।

‘लामो समयदेखि बोकिरहेको विषयले बल्ल मञ्चनको स्वरूप पाउँदैछ । नाटकमा उठिरहेका विषय मेरो नजिकका धेरै महिलाले भोगेका विषय हुन् । कतिले मलाई सुनाएका छन् । कतिले नभनी पनि मैले बुझेको छु । यो नाटकले तपाईंहरूको पनि मौनता तोड्न प्रेरित गर्नेछ’, निर्देशक रानाभाटको भनाइ छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ । संस्थाले एक विज्ञप्ति जारी

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्री ट्र्याक्टरमा

गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन्