२६ जेष्ठ २०८०, शुक्रबार

शिवशिखर सहकारीविरुद्ध स्वतन्त्र युवा एकता समाज डडेल्धुराको ज्ञापन

  प्रकाशित मिति
८ जेष्ठ २०८०, सोमबार १५:५८


  • डम्बर निदाल, डडेल्धुरा

शिवशिखर सहकारी संस्थाविरुद्ध स्थानीय युवा आन्दोलित भएका छन् । सहकारीमाथि कानुनी कारवाही हुनुपर्ने माग राख्दै स्वतन्त्र युवा एकता समाज डडेल्धुराका युवाहरुले ज्ञापन पत्र बुझाएका छन् ।

डडेल्धुरामा मात्रै ४२ करोड रकम निक्षेप संकलन गरी बन्द भएको शिवशिखर बहुउद्देश्यीय सहकारीले स्थानीयको रकम फिर्ता गर्नुपर्ने र सहकारीमाथि कानूनी कारबाही हुनुपर्ने माग राख्दै आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको स्वतन्त्र युवा एकता समाज डडेल्धुराले जनाएको छ ।

यसैगरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अर्बौं रकम भ्रष्टाचार गर्ने दोषीलाई कारबाहीको माग राख्दै स्वतन्त्र युवा एकता समाज डडेल्धुराका संयोजक सुरत तमोलीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको स्वतन्त्र युवा एकता समाज डडेल्धुराका संयोजक सुरत तमोलीले जानकारी दिए ।

डडेल्धुरा जिल्लामा रहेको स्वतन्त्र युवा एकता समाज डडेल्धुराले विगत तीन वर्षदेखि डडेल्धुरा जिल्लासहित सुदुरपश्चिमका विभिन्न जिल्लामा सामाजिक कार्यहरु नियमित रुपमा गर्दै आइरहेको छ भने युवाहरुलाई एकताबद्ध बनाइ समाजमा भइरहेका बेतिथि, विसंगति र रुढीवादी अन्धविश्वासका विरुद्ध आवाज उठाउँदै आइरहेको एक निःस्वार्थ रूपमा रहेको स्वतन्त्र युवा एकता समाजको रूपमा परिचित संस्था भएको ज्ञापन पत्रमा भनिएको छ ।

डडेल्धुरा जिल्लाबाट करोडौँ रकम निक्षेप संकलन गरिरहेका डडेल्धुराका वचतकर्ताहरुको रकम गैरकानुनीरुपमा लगानी गरिरहेको शिवशिखर सहकारी संस्था लि.विरुद्ध बाइक ऱ्यालीसहित निक्षेपकर्तालाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइ छलफल समेत गरीसकेको र पटक-पटक सहकारीका बारेमा कानुनी उपचार गर्छु भन्ने सरोकारवाला निकायले पछिल्ला दिनमा दिलासुस्ती गरेको देखिँदा पुनः सरोकारवाला निकायको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाइएको जनाइएको छ ।

यदि यथाशीघ्र माग सम्बोधन नगरेमा जुनसुकै बेला पनि आन्दोलनका विभिन्न संघर्ष गर्न बाध्य हुने ज्ञापनपत्रमा भनिएको छ ।


108
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्री ट्र्याक्टरमा

गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन्

चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको