२६ जेष्ठ २०८०, शुक्रबार

महिला भलिबल : नेपालद्वारा किर्गिस्तान पराजित

  प्रकाशित मिति
८ जेष्ठ २०८०, सोमबार १५:४१


राजधानीमा सोमबारदेखि सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले किर्गिस्तानाई पहिलो सेट २५–११ दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–११ ले पराजित गऱ्यो ।

यस जितसँगै नेपालले ३ अङ्क जोडेको छ । नेपालले आफ्नो दोस्रो खेल मंगलबार बङ्गलादेशसँग दिउँसो ३ बजे खेल्नेछ ।

सोही स्थानमा आजै भएको अर्को खेलमा भारतले बङ्गलादेशमाथि ३–० को सोझो सेटमा जित निकालेको छ । भारतले बङ्गलादेशलाई २५–३, २५–९ र २५–६ ले हरायो । यस जितसँगै भारतले ३ अङ्क जोड्यो । उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ । संस्थाले एक विज्ञप्ति जारी

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्री ट्र्याक्टरमा

गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन्