२६ जेष्ठ २०८०, शुक्रबार

युक्रेनको जापोरिजझिया आणविक केन्द्र पुनः विद्युत ग्रिडबाट काटियो

  प्रकाशित मिति
८ जेष्ठ २०८०, सोमबार ०८:४७


युक्रेनको कब्जामा रहेको जापोरिजझिया आणविक केन्द्रलाई पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको युक्रेनी भूभागमा रहेका रूसी प्रशासक र युक्रेनी आणविक एजेन्सीले बताएका छन् ।

रूसी प्रशासनले टेलिग्राममा लेखेको छ, ‘हाई एक्टेन्सन लाइन’ काटिएका कारण प्लान्टले आफ्नो बाह्य विद्युत आपूर्ति गुमाएको छ । लोडसेडिङको कारणबारे अनुसन्धान भइरहेको छ साथै यसलाई ब्याकअप डिजेल जेनेरेटरले सञ्चालन गरिएको छ ।’

युक्रेनको आणविक एजेन्सी एनरगोएटोमले रूसले सोमबार बिहान आक्रमण गरेको आरोप लगाउँदै सन् २०२२ मार्चमा मस्कोको सेनाले नियन्त्रणमा लिएपछि प्लान्टमा लोडसेडिङ अवस्थामा गएकोे यो सातौँ घटना भएको जनाएको छ ।

एनरगोएटोमका अनुसार जेनेरेटर प्रणाली सञ्चालनका लागि प्लान्टमा १० दिनका लागि पर्याप्त इन्धन मौज्दात छ ।

‘यदि यो समयमा प्लान्टमा बाह्य ऊर्जा पुनः स्थापना गर्न असम्भव भएमा विकिरणको परिणाम निम्तिने खतरा हुन सक्छ’- एनरगोएटमले चेतावनी दिएको छ ।

यसैबीच, निप्रो क्षेत्रका गभर्नरले रातभर हवाई आक्रमण भएको र चारवटा रूसी क्षेप्यास्त्र र १५ वटा ड्रोन खसालेको र कम्तीमा आठ जना सर्वसाधारण घाइते भएको बताउनुभएको छ ।

दक्षिणपूर्वी युक्रेनमा अवस्थित युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र जापोरिजझियामा यसपहिले पनि रूसी क्षेप्यास्त्र आक्रमणका कारण विद्युत् कटौती भएको एनरगोएटमले जनाएको छ ।

यद्यपि, उक्त आक्रमणको केही घण्टापछि बाह्य विद्युत् आपूर्ति सुचारु भएको थियो ।

जापोरिजियाले युक्रेनको लगभग २० प्रतिशत बिजुली आपूर्ति गर्नेगरेको शक्तिशाली विद्युत गृह हो । सेप्टेम्बरमा बिजुली उत्पादन रोक्नुअघि प्लान्टले रूसको आक्रमणको प्रारम्भिक महिनाहरूमा बारम्बार गोलाबारीको बावजुद काम जारी राखेको थियो ।

प्लान्टको छ वटा सोभियत-युगको रिएक्टरमध्ये कुनै पनि बिजुली उत्पादन गरेको छैन । तर विशेष गरी रिएक्टरहरू चिसो गर्र्ने यसको आफ्नै आवश्यकताहरूको लागि यसलाइृ युक्रेनी पावर ग्रिडसँग जोडिएको छ ।


18
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो