जति लुकायो त्यति घातक एउटा समस्या

जति लुकायो त्यति घातक एउटा समस्या


दुई दाजुभाइ पढ्नका लागि अस्ट्रेलिया गएका रहेछन् । जेठोलाई राम्रैसँग अध्ययन पूरा गरी राम्रै जागिर पाउने र अस्ट्रेलिया बस्ने सुविधा फल भएछ । उनको त्यहाँ एक नेपाली केटीसँग विवाह पनि भएछ । दुर्भाग्यवश उनी अलि बढी रक्सी पिउने भएछन् र हेर्दाहर्दै अरू प्रकारका नसा पनि लिन थालेछन् । उनलाई म लागूऔषधको दर्ुर्व्यसनीे भइसकेँ भन्ने आफूलाई नलागे पनि वास्तविक रूपमा उनी दर्ुर्व्यसनी भइसकेका रहेछन् । लागूऔषधको दर्ुर्व्यसनी भएपछि उनको स्वास्थ्य गिर्दै गएछ, जागिरमा गयल पर्न थालेछन् र परिवारको हेरचार गर्न पनि छोडेछन् । श्रीमती पनि आधुनिक नै थिइन् । उनले बुझिहालिछिन् कि अब मेरो जिन्दगी यो व्यक्तिसँग चल्दैन । त्यसैले उनले ती युवकसँग डिभोर्स गरी चटक्कै अलग भइछन् । युवकको केही सम्पत्ति दाबी पनि गरिछिन् ।
श्रीमतीसँग पारपाचुके भएपछि ती दाजुले झन् बढी ड्रग्स लिन थालेछन् । दाजुको अवस्था देखेर सँगै बस्ने भाइ पनि दिक्क हुन थालेछन् र दाजुसँगै उनी पनि ड्रग्स लिन थालेछन् । केही वर्ष दाजुभाइ ड्रग्स लिँदै साथसाथ रहेछन् तर उनीहरू एक-अर्कालाई ड्रग्सबाट बाहिर आउन भने सल्लाह दिँदारहेछन् ।
यसैबीच दाजुको एक अर्को केटीसँग विवाह भएछ । त्यो विवाह पनि धेरै दिन चलेनछ । दोस्रो पत्नीले पनि उनीसँग बस्न नसकी डिभोर्स गरिछन् । त्यसपछि दाइचाहिँ झनै फ्रस्टेड भएर अस्ट्रेलियामै झन् बढी ड्रग्स खान थालेछन् । भाइले दाजुको दुई-दुईवटा डिभोर्स भएको देखी उसलाई पनि विवाहदेखि दिक्क लागेछ र विवाह नगर्ने सोचमा पुगेछ । यता नेपालमा रहेका आमाबाबुलाई आफ्ना दुवै छोराको हालखबर थाहा थिएन । जब उनीहरूले यो कुरा थाहा पाए घरमा रुवाबासी चलेछ ।
ज्ोठा छोरो निकै बिग्रिएको र भनेको पनि नमान्ने भएपछि आमाबाबुले बल्ल-बल्ल कान्छोलाई नेपाल बोलाएछन् । नेपालमा पहिला उसको ड्रग्सको कुलत छुटाउनु थियो । त्यतातर्फ आमाबाबु लागेछन् । यसै सिलसिलामा ती युवकलाई सल्लाह-सुझावका लागि एक ठाउँमा लगिएछ । त्यो ठाउँका व्यक्तिले मसँग सल्लाहसुझाव मागे । मैले उपचार केन्द्रमै राख्नुपर्ने सल्लाह दिएँ । तर, आमाबाबु उनलाई उपचार केन्द्रमा राखिहाल्ने पक्षमा भएनन् ।
हाल ती भाइ नेपालमा एक ठाउँमा ड्रग्स छोड्न आबद्ध छन् । त्यो संस्थ्ाा उपचार तथा पुनर्स्थापना केन्द्र होइन । त्यो संस्थाका प्रमुख पनि मेरा साथी नै छन् । उन्ले मलाई ती युवकबारे जानकारी गराइरहन्छन् तर मलाई विश्वास छ कि ती युवक केवल त्यहाँको सेवाबाट मात्र ड्रग्समुक्त हुने छैनन् ।
एक दिन अपर्झ मेरा मित्र जसले ती युवकलाई हाल सहयोग गरिरहेका थिए उनले मसँग समय मागे । मैले कार्यालयमा बोलाएँ । भएछ के भने नेपाल आएको मौका छोपेर यहाँ आमाबाबुले उनको विवाह गरिदिने विचार गरेछन् र केटी पनि खोजेछन् तर ती युवक भने दाजुको दुई-दुईवटा डिभोर्स भएकाले मलाई विवाहप्रति नै आस्था छैन भनेर विवाह नगर्ने जिद्दी लिइरहेका रहेछन् । यो विवाह उनले गर्न हुन्छ कि हुँदैन भनेर सल्लाह लिन मेरा साथी मकहाँ आएका रहेछन् । मैले भने यदि ड्रग्स अझै खाइरहेको अवस्था छ भने कुनै हालतमा विवाह गर्न हँुदैन । यदि ड्रग्स खान छोडेको दुई वर्ष भइसक्यो भने विवाह गर्दा राम्रोेेे होला । मेरो सल्लाह लिएर मेरो साथी फर्किए, त्यसपछि के भयो मलाई थाहा भएन ।
यो परिवारको समग्र घटना हेर्दा अन्य परिवारले पनि बुझ्नुपर्ने धेरै कुरा यसभित्र छ । पहिलो कुरा प्रत्येक परिवार जसले आफ्नो छोराछोरीको राम्रो भविष्यको कल्पना गर्दै अस्ट्रेलिया, युरोप, अमेरिका पठाउने गर्छन्, तिनले यो पनि बुभ\mनुपर्छ कि ती ठाउँमा नेपालभन्दा धेरै नै ड्रग्स खाने वातावरण छ । त्यहाँ ड्रग्स सेवन गर्नुलाई मानवअधिकारकै रूपमा लिइन्छ जसले गर्दा ड्रग्स सेवनकर्तालाई प्रहरीले समेत समात्दैन । त्यहाँको पव, डिस्को, पार्टी र वातावरण रक्सीलगायत ड्रग्स सेवन गर्नेहरूका लागि यहाँभन्दा राम्रो छ । त्यहाँको स्वतन्त्र माहोलमा यहाँको जस्तो परिवारबाट नियन्त्रण हुने सम्भावना पनि हुँदैन । कमाइ पनि बढी गर्ने सम्भावना त्यहाँ बढी भएकोले त्यहाँ ड्रग्समा खर्च गर्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ । पहिला त त्यस परिवारबाट यस कुरामा गल्ती भएको थियो । दोस्रो यस्तो बेलामा ? ड्रग्स सेवन गरेको अवस्थामा) विवाह गराउन प्रयास गर्नु वा विवाह गर्नु घातक हुन्छ । ड्रग्समा परेर शारीरिक रूपले अशक्त वा मानसिक रूपले असामान्य भएको अवस्थामा न त्यस व्यक्तिले दैनिक काम पढाइलाई नै निरन्तरता दिन सक्छ वा न मायाँ-दया जिम्मेवारीबोध गरेर परिवारलाई नै पाल्न र रेखदेख गर्न सक्छ । यस्तो समयमा ऊ आफूले आफूलाई त हेरविचार गर्न सक्ने हालतमा हुँदैन, भने उसले श्रमती र छोराछोरी हेर्छ भन्ने कुरामा विश्वास गर्नु मूर्खताबाहेक अरू केही हुँदैन । अत: यस्तो समयमा गरिएको वैवाहिक सम्बन्ध कि टुट्छ कि अलग अलग बस्नुपर्ने परिस्थिति बन्छ कि सधैं कुटाइपिटाइ र घरेलु हिंसा सहेर श्रीमतीले बस्नुपर्ने स्थिति आउँछ । यसै कारणले हो दर्ुर्व्यसनको समयमा विवाह गर्नुहुँदैन तर माथि उल्लेख गरिएको परिवारले पहिलो छोराको अवस्था देख्दादेख्दै पनि दोस्रो छोराको राम्रो उपचारै नगरी विवाह गर्ने प्रयास गरिरहेका थिए । यो प्रयास सफल भए पनि दाम्पत्य जीवन दु:खद् हुने निश्चित छ ।
तेस्रो कुरा जब आमाबाबुलाई दाजुजस्तै गरी यो छोराले पनि ड्रग्स सेवन गर्छ भन्ने कुरा थाहा भयो त्यसपछि उनीहरूले यो छोरालाई उपचारकेन्द्र लैजानुपर्दथ्यो । तर, त्यो काम नगरी अरू-अरू साधारण उपायबाट उसलाई ड्रग्सबाट बाहिर निकाल्ने प्रयास जुन प्रकारले भइरहेको थियो त्यो गलत छ । त्यस्ता प्रयासले ऊ ड्रग्सबाट बाहिरिने होइन बरु ड्रग्सले उसको ज्यान नै लिन सक्छ । एक न एक दिन ती छोरालाई लिएर आमाबाबु उपचार केन्द्रमा अवश्य जानुपर्नेछ तर त्यसरी जाने दिन आइपुग्नुभन्दा अघि आमाबाबुले कति आँसु बगाउनुपर्छ, कति आर्थिक क्षति व्यहोर्नुपर्छ भन्ने कुरा भनिसाध्य छैन । त्यसैले जति छिटो उपचार केन्द्र लग्यो त्यति नै कम क्षति व्यहोर्नुपर्ने हुन्छ ।